माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

७ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो एक बजे बस्दैछ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ ।

यस्तै आजको बैठकमा संसद अधिवेशन अन्त्यपछिको अवस्था र पार्टीको सांगठनिक गतिविधिको छलफल हुने स्थायी कमिटि सदस्य गणेश साहले जानकारी दिए।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले हठात अधिवेशन अन्त्य भएको पत्र सभामुख अग्नि सापकोटालाई पठाएकी थिइन् ।

यस्तो बेला कसरी अगाडि बढ्ने भन्ने विषयमा मंगलबारको स्थायी कमिटी बैठकमा छलफल हुने साहले जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.