उपभोग्य वस्तुको ढुवानीमा ट्राफिक प्रहरीको अवरोध

उपभोग्य वस्तुको ढुवानीमा ट्राफिक प्रहरीको अवरोध

८ बैशाख, काठमाडौ । दैनिक उपभोग्य वस्तुको ढुवानीमा ट्राफिक प्रहरीका कारण अवरोध उत्पन्न भएको छ ।

अवरोधका कारण करीब १ महीनादेखि दैनिक उपभोग्य वस्तुको ढुवानी सहज हुन नसकेको र आपूर्ति व्यवस्था प्रभावित भएको छ ।

गतवर्षको चैतमा बन्दाबन्दी शुरू भएपछि दाल, चामल, तरकारी, दूध, माछा, मासुलगायत दैनिक उपभोग्य वस्तुको ढुवानीका गाडीलाई बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म निर्बाध चल्न दिइएको थियो ।

अहिले करीब १ महीनादेखि ट्राफिक प्रहरीले बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र चल्न दिएकाले सामान ढुवानीमा समस्या उत्पन्न भएको नेपाल वितरक संघका अध्यक्ष दुर्गाराज श्रेष्ठले बताए ।

‘उपभोग्य वस्तु ढुवानीका गाडीमा विनाकारण यसरी अवरोध गर्नु राम्रो कुरा होइन । यसले उपभोक्तामाथि अन्याय भएको छ,’ उनले भने ।

बाटोमा ट्राफिक जाम बढेको भन्दै ट्राफिक प्रहरीले ढुवानीका ठूला गाडी चल्न दिएको छैन, जसले गर्दा ढुवानी व्यवसायीहरू साना गाडीमार्फत सामान ढुवानी गर्न बाध्य छन् ।

सानो गाडीमा सामान कम अटाउने हुँदा धेरैओटा गाडी र कामदार पनि थप्नुपरेकाले लागत ५ देखि १० प्रतिशतसम्म बढिरहेको छ ।

लागत बढ्दा त्यसको असर सामानको मूल्यमा पर्ने भएकाले सामान पनि महँगो पर्नजाने ढुवानी व्यवसायीको भनाई छ ।

यो समाचार आजको आर्थिक अभियान दैनीकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.