अस्पतालमा अक्सिजन लिक हुँदा भारतमा २२ जनाको मृत्यु

८ बैशाख, एजेन्सी । भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचाररत् २२ जनाको मृत्यु भएको छ।

Advertisement

नासिक म्युनिसिपल कर्पोरेशनले चलाएको अस्पतालमा उपचार गराइरहेका २२ जना कोरोना संक्रमितको अक्सिजनको कमीले बुधबार मृत्यु भएको आफन्तहरूले बताएका छन्।

महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले बिरामीहरूलाई अक्सिजन दिइरहेको ट्यांक लिक हुँदा उनीहरूलाई अक्सिजन कमी भएको र उक्त घटनाको अनुसन्धान गर्ने बताएका छन्।

Advertisement

अक्सिजन ट्यांक लिक हुँदा झन्डै आधा घन्टासम्म अस्पतालमा अक्सिजन सप्लाई रोकिएको थियो।

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। कोरोनाबाट सबभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top