×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

कोरोनाकाल: डिजिटल बैंकिङबाट खर्बौं भुक्तानी

१० बैशाख २०७८

१० वैशाख, काठमाडौँ । पछिल्लो समय डिजिटल बैंकिङबाट भुक्तानी गर्ने क्रम बढ्दै गएको छ । कोरोनाको दोस्रो लहरबाट अन्य क्षेत्र त्रस्त भएका बेला डिजिटल बैंकिङका लागि भने अवसर मिलेको बैंकरहरूको भनाइ छ ।

चालू आवको फागुनसम्ममा डिजिटल बैंकिङका १३ ओटा उपकरण तथा प्रविधिमार्फत ग्राहकले करीब ३ करोड ३५ लाख ७० हजारपटक कारोबार गरेका छन् ।

Advertisement
Advertisement

यी कारोबारबाट २१ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँ बराबरको रकम ट्रान्सफर भएको छ । तत्कालै भुक्तानी गर्न सकिने आरटीजीएस, कनेक्ट आईपीएस, मोबाइल र इन्टरनेट बैंकिङ, वालेट, ई–कमर्श, डेविट तथा क्रेडिट कार्डलगायत उपकरणबाट यी भुक्तानी भएका हुन् ।

दोस्रो लहरको कोभिड फैलिएसँगै समग्र व्यवसायमा चुनौती देखिए पनि डिजिटल बैंकिङ भने थप फस्टाउँदै गएको देखिन्छ । कोभिडको दोस्रो लहरमा डिजिटल बैंकिङ थप विस्तार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मोबाइल बैंकिङ र वालेटमार्फत भुक्तानी गर्ने संख्या अन्य प्रविधिको तुलनामा बढी देखिएको छ । फागुनमा मात्रै मोबाइल बैंकिङबाट १ करोड ८२ हजारपटक कारोबारमा रू. ४० अर्ब ३५ करोड हाराहारीको भुक्तानी भएको छ ।

Advertisement
Advertisement

आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top