विराटनगर,असार ६
कक्षा ११ र १२ मा गणित बिषय हटाउने पाठ्यक्रम विकास केन्द्रको प्रयास असफल भएको छ । चौतर्फी दबाबपछि केन्द्रले गणित विषय नहटाउने निर्णय गरेको हो ।
राष्ट्रिय पाठ्यक्रम तथा मुल्याङकन परिषदको सोमबार बसेको बैठकले यो बर्ष नयाँ पाठ्यक्रम लागू नगर्ने निर्णय गरेको केन्द्रका सूचना अधिकारी खुबिराम अधिकारीले बताए ।उनले निजी लगानीका विद्यालय र सरकारी विद्यालयहरुमा पाठ्क्रम लागू नगर्ने निर्णय गरेको पनि बताए ।
उनले भने – अब सबैसँग बसेर छलफल हुन्छ, छलफल पछि आगामी शैक्षिकसत्रमा पाठ्यक्रम परिवर्त हुनेछ ।
निजी विद्यालय, पाठ्यपुस्तक प्रकाशक तथा वितरक, गणित समाजलगातका निकायले नयाँ गणित विषय हटाउने कुराको विरोध गरेका थिए ।(विकास न्युज)