कांग्रेस महाधिवेशन फेरि अन्योलमा

१३ बैशाख ७८, सोमबार

१३ बैशाख, काठमाडौ । कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेको छ ।

Advertisement

पार्टी विधानको व्यवस्थाअनुसार पाँच वर्षे कार्यकाल गुजारिसकेको कांग्रेसले संवैधानिक सहारा लिँंदै आगामी भदौ पहिलो साता काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

तर पटकपटक संशोधित कार्यतालिकाअनुसार पनि क्रियाशील सदस्यता वितरण र नवीकरणको काम अघि बढाउन नसकेको कांग्रेसका लागि कोरोना भाइरसको बढ्दो संक्रमणसँगै महाधिवेशन थप अन्योलमय बनेको छ।

Advertisement

संक्रमण बढ्दै गएपछि सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक कांग्रेसले स्थगित गरेको छ ।

पिसिआर परीक्षणपछि मात्र बुधबार केन्द्रीय समितिको बैठक गर्ने निर्णय गरेको कांग्रेस पदाधिकारीको आइतबारको बैठकमा संक्रमण बढ्दै गए भदौमा कसरी महाधिवेशन सम्पन्न गर्ने भन्ने विषयले प्रवेश पाएको छ ।

Advertisement

संक्रमण बढ्दै जाँदा जिल्लासहितका तल्लो निकायलाई सदस्यतासहितका विषयमा प्रश्न गर्न पनि नसकिने भन्दै नेताहरूले महाधिवेशनका विषयमा नयाँ ढंगले सोच्नुपर्ने धारणा राखेका छन्।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top