संक्रमित बढ्दै जाँदा कर्णाली प्रदेशका अस्पतालहरूमा अक्सिजन अभाव

१३ वैशाख, काठमाडौँ । वैशाखयता कर्णाली प्रदेशमा ३५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य सेवा निर्देनालयका अनुसार पिसिआर परीक्षण गरिएकामध्ये अधिकांशमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।

Advertisement

गएको शनिबार १५६ जनाको पिसिआर परीक्षण गरिएकोमा १२६ जनामा कोरोना पुष्टि भएको थियो ।

संक्रमितको संख्या बढ्दै जाँदा कर्णाली प्रदेशका अस्पतालहरूमा अक्सिजन अभाव भएको छ। कर्णाली प्रदेश अस्पतालमा कोभिड–१९ का बिरामीका लागि २५ वटा आइसियू बेड छुट्याइएको छ।

Advertisement

अक्सिजन दिनुपर्ने कोभिडका बिरामी भने २८ जना छन्। तीमध्ये चार जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन केएन पौडेलले बताए।

बिरामीका लागि चाहिने अक्सिजनको भने अभाव हुन थालेको उनले बताए।

Advertisement

आफ्नै अक्सिजन प्लान्ट भए पनि मेसिन बिग्रिएकाले सञ्चालनमा छैन।

जिल्ला अस्पताल दैलेखमा २५ वटा अक्जिसनका सिलिण्डर छन्। तर, यसले कति धान्छ भन्ने यकिन गर्न नसकिने अस्पताल प्रमुख थिरप्रसाद रेग्मी बताउँछन्।
केही दिनअघि अस्पतालमा भर्ना भएका अक्सिजन चाहिने बिरामी डिस्चार्ज भइसकेकोले अहिले अक्सिजन प्रयोग गर्नु नपरेको उनले बताए।

‘हामीसँग भरेकै २५ वटा सिलिण्डरहरू छन्, तर यसले कति धान्छ भन्ने यकिन गर्न सकिँदैन,’ प्रमुख रेग्मीले भने, ‘संक्रमणदर बढ्दो देखिएकाले ह्वात्तै बिरामी आइदिए भने त एकै दिन पनि यो सकिन सक्छ।’

कर्णाली प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट भए पनि मेसिन बिग्रिएकाले सञ्चालनमा छैन।

कोरोना संक्रमितका लागि आइसियू बेड १०० पु¥याउने तयारी गरिएकोले आफ्नो प्लान्टबाट उत्पादन भएको अक्सिजनले पनि नपुग्ने उनले बताए।

सल्यानमा पाँच जना कोरोना संक्रमितलाई अक्सिजन दिएर उपचार गराउने गरिएको छ। प्लान्ट नभएकाले उनीहरूलाई मेसिन (अक्सिजन कन्सनट्रेटर)बाट दिने गरिएको छ।

एकातिर दैनिक रुपमा कोराना संक्रमित बढ्दै जाने, अर्कोतिर आफ्नै प्लान्ट नभएकोले अस्पतालमा अक्सिजनको अभाव सुरू भएको उनले बताए।

उनका अनुसार केही दिनअघि अस्पतालमा आएका अक्सिजन चाहिने दुई जना बिरामीलाई ‘हाई फ्लो’ मा अक्सिजन दिन नसक्दा रिफर गरिएको थियो। उनीहरूमध्ये एक जनालाई नेपालगञ्ज सैनिक अस्पताल र एक जनालाई काठमाडौं लगिएको थियो।

कर्णाली प्रदेशमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ७ हजार ९ सय ९४ पुगेको छ।

३४ जनाको मृत्यु भइसकेको छ। जसमध्ये वैशाखयता मात्र तीन जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कर्णाली प्रदेशमा भारतबाट फर्किनेहरूको संख्या पनि धेरै नै रहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार चैत १३ गते यता कर्णालीका तीन वटा नाकाबाट ६ हजार २७ जना भित्रिएका छन्।

कर्णालीमा भित्रिएका यिनीहरूमध्ये अधिकांश भारतबाट आएका प्रहरीले जनाएको छ। कर्णाली प्रदेश भित्रिन सल्यानको कपुरकोट, सुर्खेतको बबई र कुहिने नाका छन्।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा जिल्ला सुरक्षा समितिले निषेधाज्ञा गर्न लागेको छ।

जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको सिफारिसमा भोलिदेखि एक सातासम्म सुरक्षा समितिले निषेधाज्ञा गर्न लागेको हो।

कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा कोभिडका बिरामी बढ्दै जान थालेपछि निषेधाज्ञा जारी गर्न लागिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए। उनका अनुसार निषेधाज्ञा जिल्लाभर हुनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top