काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने तयारी

१३ वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ।

Advertisement

कोरोना संक्रमणको महामारी बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो।

काठमाडौं, भक्तपुर ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच आइतबार बसेको बैठकमा निषेधाज्ञा लगाउने निर्णय भएको हो।

Advertisement

उनका अनुसार निषेधाज्ञामा के खोल्ने के नखोल्ने भन्ने मापदण्ड बनाइन्छ।

उनका अनुसार वैशाख १६ देखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन्। सार्वजनिक, निजी सवारीसाधन बन्द गरिने छ।

Advertisement

एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी चल्ने छन्। अत्यावश्यक कामबाहेक हिँडडुलमा पनि कडाइ गरिने छ।

खाद्यान्त, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ। ‘होटल/रेष्टुरेन्टले होम डेलिभरीमात्र गर्न पाउने छन्,’ ती सिडिओले भने।

सरकारी कार्यालय खुल्नेछन्। बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइने छ।यसरी कार्यालय खोल्दा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने छ। हवाई सेवा सुचारू हुनेछ।

कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले पनि १६ गतेदेखि नै निषेधाज्ञा गर्नुपर्ने सुझाव दिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top