२४ घण्टामा थपिए ३५ सय ५६ कोरोना संक्रमित, १२ को मृत्यु

१३ बैशाख, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३ हजार ५६१ पुगेको छ।

Advertisement

गत २४ घण्टामा ३७८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुनेको संख्या ३१७६ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top