लुम्बिनीका कोरोना अस्पताललाई प्रदेश सरकारले एक करोड ७५ लाख बजेट दिने

१४ वैशाख, बुटवल । अस्पतालमा अक्सिजनयुक्त बेड अभावमा कोरोना संक्रमितले उपचार नपाएपछि चौतर्फी आलोचित बनेको लुम्बिनी प्रदेश सरकारले चारवटा कोरोना विशेष अस्पताललाई एक करोड ७५ लाख रुपैयाँ बजेट दिने निर्णय गरेको छ ।

प्रदेश सरकारले एक वर्षअघि नै कोरोना विशेष अस्पतालहरुमा एचडीयू बेड थप्ने निर्णय गरेपनि कार्यान्वयन नहुँदा संक्रमितले उपचार पाउन सकेका छैनन् ।

कोरोना उपचार तथा रोकथाम कोष निर्देशक समितिको बैठकले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, दाङको बेलझुण्डीस्थत अस्पताल र भेरी अस्पताल नेपालगञ्जलाई ५० लाख रुपैयाँका दरले र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

यो बजेट अन्य शीर्षकबाट रकमान्तर गरी यथाशीघ्र उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री बैजनाथ चौधरीले बताए । उनका अनुसार सम्बन्धित मन्त्रालयले एक दुई दिनमै उक्त बजेट उपलब्ध गराउने छ ।

यस्तै कोरोना रोकथाम तथा उपचार कोषमा प्रदेश सरकारले १० करोड रुपैयाँ थप गर्ने निर्णय पनि गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा औसत दैनिक ७ सयजना कोरोना सक्रमित थपिंदै गएका छन् ।

हाल उपचाररत करिब २ सयजना संक्रमितमा गम्भीर स्वास्थ्य समस्या देखिएका छ । अस्पतालमा बेड नहुँदा संक्रमितलाई अन्यत्र रिफर गर्नु पर्ने बाध्यता रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले बताए ।

लुम्बिनी प्रदेशका ७ वटा निजी अस्पतालले ३३४ बेड कोरोना संक्रमितको लागि छट्टाएको भनेपनि उपचारको लागि बेड उपलब्ध गराएका छैनन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top