नेपालमा कुल संक्रमितमध्ये १.०२६ प्रतिशतको मृत्यु

१६ बैशाख, काठमाडौं । देशभर कोरोना संक्रमित संख्या ३ लाख १२ हजार नाघेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको हो ।

सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ । केही दिनयता संक्रमणदर बढ्दो क्रममै छ ।

Advertisement

कुल संक्रमितमध्ये २ लाख ७९ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म कोरोना संक्रमणबाट ३ हजार २ सय ११ जनाको मृत्यु भएको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा मात्रै १७ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये १.०२६ प्रतिशतको मृत्यु भएको छ । हालसम्म २४ लाख ४५ हजार ९ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हाल, देशभर ५४ जना क्वारेन्टाइनमा छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top