हत्या अभियोगमा बाबुछोरा पक्राउ

१५ बैशाख ७८, बिहीबार

१६ बैशाख , जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् ।

छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्गे पुलमाथि छेडागाड–१० खलटाकुरा बस्ने बर्ष ४६ का धनविरे पुनमगरको शव गत आइतबार फेला परेको थियो ।

अनुसन्धानपछि हत्यामा बाबुछोराको संलग्नता रहेको तथ्य फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले बताए ।

उनीहरुलाई अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको छ । दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक चरणको वयानमा उनीहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top