डोनाल्ड ट्रम्पका निजी वकिलको घर तथा कार्यालयमा छापा

१६ बैशाख, एजेन्सी । अमेरिकामा सङ्घीय जाँच ब्यूरो एफबीआईले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलको घर तथा कार्यलयमा छापा मारेको छ ।

न्यूयोर्कका पूर्वमेयरसमेत रहेको रुडी जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु अपार्टमेन्ट तथा पार्क एभेन्युमा रहेको कार्यालयमा छापा मारिएको हो ।

छापा मार्ने क्रममा विद्युतीय उपकरणसहितका सामग्री जफत गरिएको छ ।

यूक्रेनको एक ऊर्जा कम्पनीको बोर्डमा रहेका हन्टर, तथा उनका पिता जो बाइडेनमाथि अनुसन्धान गर्न युक्रेनलाई दबाब दिने काममा मुख्य भूमिका खेलेको जुलियानीमाथि आरोप छ ।

युक्रेनी अधिकारीहरूलाई जो बाइड्नविरुद्ध राजनीतिक रूपमा दुरुपयोग गर्न सकिने सूचना दिन बाध्य पार्न खोजिएका आरोपित गतिविधिमा जुलियानीको संलग्नताबारे छानबिन भइरहेको छ ।

यस्तै गएको वर्षको राष्ट्रपतीय चुनावको अगाडि उनले वर्तमान राष्ट्रपति जो बाइडेनका छोरा हन्टरका सम्बन्धमा अपराध ठहर्याउन सकिने सूचना सङ्कलन गरेका आरोपबारे पनि अनुसन्धान भइरहेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top