×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

कोभिड खोपको एक मात्राले मात्रै पनि सङ्क्रमण आधा घटाउने अध्ययनको निष्कर्ष

१६ बैशाख २०७८

१६ वैशाख, बीबीसी ।
कोरोनाभाइरस खोपको एउटै मात्राले घरभित्र हुने सङ्क्रमण दरलाई आधासम्म घटाउन सक्ने एउटा अध्ययनले देखाएको छ।

फाइजर वा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइएका र त्यसको तीन हप्तापछि सङ्क्रमित भएका व्यक्तिले खोप नलगाएका व्यक्तिलाई भाइरस सार्ने सम्भावना ३८ देखि ४९ प्रतिशतसम्म कम रहने पब्लिक हेल्थ इङ्गल्यान्ड पीएचईले जनाएको छ।

स्वास्थ्यमन्त्री म्याट ह्यानककले उक्त अध्ययनलाई गज्जबको खबर भनेका छन्। उनले योग्यता पुग्ने बित्तिकै तत्काल खोप लगाउन सबैलाई अनुरोध पनि गरेका छन्।

सो निष्कर्ष खोप लगाएको लगभग १४ दिनपछि त्यसले दिने सुरक्षामाथि गरिएको अध्ययनको भएको पीएचईले जनाएको छ।

कस्तो सुरक्षा ?
पीएचईका अनुसार दुईमध्ये कुनै एक खोप लगाएको व्यक्तिलाई पहिलो मात्रा खोप लिएको चार हप्तापछि लक्षणसहित सङ्क्रमण देखिने जोखिम ६० देखि ६५ प्रतिशतले कम देखिएको छ।

पीएचईकी खोप प्रमुख डा. मेरी रामसे भन्छिन्, खोप हाम्रो जीवनलाई साधारण अवस्थामा फर्काउन मद्दत गर्न महत्त्वपूर्ण छन्। खोपले रोगको गम्भीर असर कम मात्रै गर्दैनन्, दैनिक सयौँ ज्यान जोगाउन मद्दत गर्छन्।

अहिले हामीले कोभिड–१९ अरूलाई सर्ने सम्भावनालाई कम गरेर खोपले थप प्रभाव देखाइरहेको पाएका छौँ।

उनले अहिले प्राप्त जानकारी उत्साहजनक भए पनि मानिसहरूले आफूसँग भाइरस भएजस्तै गरी व्यवहार गर्नु महत्त्वपूर्ण रहेको उल्लेख गर्दै हात धुने र दुरी कायम गर्ने मापदण्ड पालना गर्नुपर्नेमा जोड दिइन्। घरलाई सङ्क्रमणको उच्च जोखिम क्षेत्र मानिन्छ।

पछिल्लो अध्ययनले खोपले सङ्क्रमण थप फैलन रोक्ने प्रारम्भिक प्रमाण उपलब्ध गराएको पीएचईको भनाइ छ। यस्तै नतिजा सङ्क्रमणको जोखिम रहेका जेल वा संयुक्त आवास जस्ता अरू साझा आवास क्षेत्रमा पनि अपेक्षा गर्न सकिने पीएचईको भनाइ छ।

युनिभर्सिटी अफ वारविकका सङ्क्रामक रोग विशेषज्ञ माइक टिल्डिसलेले पछिल्लो निष्कर्ष महत्त्वपूर्ण रहेको र मानिसहरूले खोपलाई स्वीकार गर्नुपर्ने बताए।

उनी भन्छन्, हामीले यी खोपहरू गम्भीर प्रकारका लक्षणहरू रोक्न वा तपाईँलाई हुनसक्ने सङ्क्रमण नियन्त्रण गर्न शत प्रतिशत सुरक्षित छैनन् भन्ने सम्झनुपर्छ। तर प्रमाणहरूले उनीहरूले यदि तपाईँ सङ्क्रमित भइहाल्नुभयो भने पनि अरूलाई भाइरस सर्ने जोखिम केही कम हुने देखाइरहेको छ।

उत्साहवर्द्धक नतिजा
उनले गम्भीर खालका लक्षणको जोखिम नरहे पनि धेरै व्यक्तिहरूलाई खोप लगाउनुपर्ने थप प्रमाण पछिल्लो अध्ययनले दिएको बताए।

त्यसबाट ठूलो जनसङ्ख्यालाई सुरक्षा दिन सकिने र कोभिड–१९ का कारण गम्भीर रूपमा बिरामी पर्ने र ज्यान गुमाउने मानिसको सङ्ख्या कम हुने उनको भनाइ छ।

बीबीसीका विज्ञान संवाददाता पल्लव घोष भन्छन्, खोपले भाइरसको सङ्क्रमणको दरलाई घटाइरहेको र ज्यान जोगाइरहेको सङ्केत पछिल्लो प्रमाणले दिएको छ।

उनका अनुसार सङ्क्रमण विस्तार हुने प्रमुख ठाउँ घरधुरी भएकाले पछिल्लो अध्ययनको परिणाम विशेष रूपमा उत्साहवर्द्धक छ। घोषका अनुसार नयाँ प्रकारका भाइरस देखा परेसँगै खोपहरू तीनमा कम प्रभावी हुने चिन्ता छ जसले नयाँ सङ्क्रमणका घटनामा वृद्धि गराउन सक्छ।

तर विज्ञहरूले अहिलेका खोपहरूले विशेष गरी गम्भीर प्रकारका बिरामीहरूमा उल्लेख्य सुरक्षा प्रदान गर्ने बताइरहेका छन्।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top