निषधाज्ञा अवधिभर काठमाडौं महानगरको निःशुल्क एम्बुलेन्स सेवा

१६ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको अवधिभर महानगरबासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

काठमाडौं महानगरपालिकाले बिहीबारदेखि महानगरबासीका लागि १० वटा निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघसँग बिहीबारदेखि १० वटा एम्बुलेन्स निःशुल्क सञ्चालन गर्नको निम्ति सम्झौता गरेको हो ।

निषेधाज्ञाको समयमा काठमाडौंबासीलाई पर्ने स्वास्थ्य समस्या समाधानका लागि घरबाट अस्पताल, अस्पतालबाट घर र अस्पतालबाट अस्पताल सम्मको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

महानगरपालिकाले बैशाख १६ गतेदेखि १५ दिनसम्म निःशुल्क एम्बुलेन्स सेवा दिने भएको हो । महानगरपालिकाले १५ दिनका लागि प्रति एम्बुलेन्स एकमुष्ठ कर सहित १ लाख २१ हजार रुपैँया संयुक्त एम्बुलेन्स चालक संघलाई दिइने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

एम्बुलेन्सले काठमाडौं महानगरपालिका भित्र २४ सै घण्टा सेवा प्रदान गर्ने जनाइएको छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले कहीँकतैबाट पनि गुनासो नआउनेगरी सेवा दिन एम्बुलेन्स चालकहरुलाई आग्रह गरे ।

कसैलाई हेलचेक्र्याई र दुव्र्यवहार नगरी सेवा प्रवाह गर्न उनले निर्देशन समेत दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top