२१ लाखले लगाए कोरोनाविरुद्धको खोप

१६ वैशाख, काठमाडौं । देशको कुल जनसंख्यामध्ये ६ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागका खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिशिल्ड र भेरोसिल्ड गरी २० लाख ९१ हजार जनाले पहिलो डोज खोप लगाएका हुन् ।

भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि सरकारले १४ माघ २०७७ देखि खोप अभियान शुरु गरेको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनहरुलाई खोप दिइएको थियो ।

सेरम इस्टिच्युटसँग २० लाख खोप किन्ने सहमति भएपनि १० लाख डोज मात्र नेपाल आइपुगेको छ ।

भारतीय सेनाले नेपाली सेनालाई दिएको ३ लाख ४८ हजार डोजसमेत जोड्दा कुल २३ लाख ४८ हजार कोभिशिल्ड खोप नेपालमा आइपुगेको थियो ।

डा. गौतमका अनुसार १८ लाख १९ हजार ४३६ जनाले कोभिशिल्ड खोपको पहिलो डोज लगाएका छन् ।

कोभिशिल्डको पहिलो मात्र लगाएकामध्ये ३ लाख ३२ हजारले दोस्रो डोज पनि लगाइसकेको विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै चीन सरकारले ८ लाख डोज अनुदानमा दिएपछि भेरोसिल्ड पनि नेपालमा आइपुग्यो ।

हालसम्म २ लाख ७१ हजार ५६४ जनाले भेरोसिल्डको पहिलो डोज लगाएका छन् । ४ लाख जनालाई भेरोसिल्ड खोप दिने लक्ष्य छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top