श्रमजीवी मजदूरका लागि राहतका कार्यक्रम ल्याउन सभामुखको सुझाव

१८ बैशाख ७८, शनिबार
Share this
804shares

१८ बैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीको चपेटामा परेका श्रमजीवी मजदूर वर्गका लागि राज्यका तर्फबाट विशेष राहतको कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

Advertisement

एक सय ३२ औँ मजदूर दिवसका अवसरमा आज शुभकामना दिँदै उनले कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका लाखौंँ श्रमिक खाली बस्नुपर्ने अवस्था सिर्जना भएकाले तत्काल उचित कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

श्रमिक वर्गका अगाडि कोभिड–१९ सँगै भोकमरीबाट बाँच्नुपर्ने चुनौती थपिएको जनाउँदै सभामुख सापकोटाले रोजगारी गुमाएर स्वदेश फर्किएका हजारौँ नेपाल श्रमिकको व्यवस्थापनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top