निषेधाज्ञाकैबीचमा रातो मच्छिन्द्रनाथको रथ बनाउने काम चल्दै

१८ बैशाख, काठमाडौं । काठमाण्डौ उपत्यकामा भइरहेको निषेधाज्ञाकाबीच ललितपुरको रातो मच्छिन्द्रनाथको रथ निर्माण भइरहेको छ ।

यसवर्ष पनि रातो मच्छिन्द्रनाथको रथयात्रा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने निर्णय भएसँगै पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ निर्माण सुरु भएको हो ।

वैशाख १५ गते साइतपूजा गरेर १६ गते अस्तिदेखि रथ बनाउन थालिएको हो । तिथिको आधारमा बनाइने रथमा एउटा पनि फलामको किला प्रयोग गर्न नहुने रथ बनाउन संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताए ।

यसैबीच वैशाख १५ गते महास्नान गरेर गुप्तबासमा राखिएका रातो मच्छिन्द्रनाथलाई आउँदो मंगलवार गुप्तबासबाट निकालिँदैछ ।

महास्नान गरेर सात दिनसम्म गुप्तबासमा राखिएर आठौं दिनमा मर्मतसम्भार गरिने परम्परा अनुसार मंगलवार गुप्तबासबाट निकालेर मर्मत सम्भार गरिने पुजारी कपिल बज्राचार्यले बताए । यसपालि रातो मच्छिन्द्रनाथलाई आउँदो २९ गते रथारोहण गरिने छ भने जेठ १ गतेबाट रथयात्रा सुरु हुने छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top