मस्को असार ८
विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो खेलमा डेनमार्क र अष्टे«लियाले १–१ बराबरी खेलेका छन् ।
विश्वकपको समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा डेनमार्कका लागि क्रिष्टियन इरिकसनले खेलको सातौँ मिनेटमा नै गोल गरेर खाता खोलेका थिए । तर त्यसको प्रतिउत्तरमा ३८ औं मिनेटमा अस्ट्रेलियाका मिल जेडिनकले गोल गरेर बराबरी गराए ।
त्यसपछि खेल अवधिभरी पटक पटक दुवै पक्षबाट गोल गर्ने प्रयासहरु भएपनि गोल थप्न नसकेपछि खेल एक एकको बराबरीमै सीमित भएको हो ।
यस पटकको विश्वकपको पहिलो खेलमा फ्रान्ससँग २–१ ले पराजित भएको अस्ट्रेलियाले डेनमार्कसँग बराबरी गर्न सफल भएकाले अघिल्लो चरणको सम्भावना जिवितै रहेको छ । डेनमार्कले भने आफ्नो पहिलो खेलमा पेरुलाई १–० ले पराजित गर्न सफल भएको थियो ।