×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

सुन तस्करीका प्रहरी अधिकारी सहित ९ अभियुक्तले गुहारे उच्च अदालत

विराटनगर,असार ८

३८ क्वीन्टल सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्या मुद्दामा चार जना प्रहरी अधिकारीसहित ९ जना अभियुक्तहरुले जिल्ला अदालत मोरङको आदेश विरुद्ध १७ नम्बरको लागि निवेदन दर्ता गरेका छन् ।

Advertisement
Advertisement

उच्च अदालत विराटनगरमा दायर भएको निवेदनमा मोरङ अदालतले गरेको आदेशको चित्त नबुझेपछि सादा तारिकमा छाड्न माग राख्दै उनीहरुले उच्च अदालतको १७ नम्बरको लागि निवेदन दर्ता गरेका हुन् । यसरी १७ नम्बर गर्नेमा पूर्व डिआइजी गोविन्द निरौला, निलम्बन एसएसपी दिवश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सन्जयकुमार राउत रहेका छन् । त्यस्तै हेमन्त गौतम, राजन थापा, पुण्यप्रसाद लामा, भूजुङ गुरुङ र सम्बीरप्रसाद तोलाङगेले १७ नम्बर गरेका छन् ।

अदालतको आदेश विरुद्ध अभियुक्तहरुले १७ नम्बरको लागि निवेदन दर्ता गराएपछि जिल्ला अदालत मोरङले उच्च अदालत विराटनगरलाई कैफियत प्रतिवेदन पठाएको छ । कैफियत प्रतिवदेनमा अभियुक्तहरुले दिएको बयान, घटना मुचुल्का, अदालतको आदेश रहनेछ । मुद्दाको सम्पूर्ण कैफियत प्रतिवेदनमा उच्च अदालतमा बुझाएपछि अदालतले पेशी तोक्ने छ ।

उच्च अदालतमा प्रत्येक हप्ताको बिहीबार मात्र पेशी हुने भएकोले १७ नम्बरमा निवेदन परेका अभियुक्तहरुको हकमा पनि आउँदो बिहीबार बहस हुने सक्ने एक जना कानुन व्यवसायीले बताए । उच्च अदालतमा हुने बहसको लागि वादीकोतर्फबाट उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुलीले बहस गर्ने बताइएको छ ।

बादी र प्रतिवादीको कानुन व्यवसायीहरुले बहस सुनेपछि न्यायाधीशले जिल्ला अदालतले गरेको आदेश हेरी प्रमाणको मुल्याकन गर्दा प्रतिवादी कसुरदार नदेखिएमा साधारण तारिख वा धरौटीमा छाडने सक्ने अथवा जिल्ला अदालतले गरेको आदेशलाई नै सदर गर्न सक्ने छन ।

मोरङ अदालतका न्यायाधीश नारायणप्रसाद शर्माले गएको जेठ ८ गते सुन तस्करी र हत्या प्रकरण मुद्दाका पक्राउ परेका ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्ने आदेश दिएका थिए ।

Advertisement

पुर्पक्षको लगि झुम्का कारागारको थुनामा रहेका २८ अभियुक्त मध्ये ९ जनाले १७ नम्बरको लागि निवेदन दर्ता गरेका हुन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top