काठमाण्डौ उपत्यकामा तरकारीको भाउ घट्यो

२३ बैशाख, काठमाडौं । काठमाण्डौ उपत्यकामा तरकारीको भाउ घटेको छ । उत्पादन बढ्नुको साथै निषेधाज्ञाको कारण माग पनि घट्दा तरकारीको भाउ घटेको हो ।

सबैजसो तरकारीको भाउ घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । उनका अनुसार धेरैजसो तरकारीको भाउ पाँचदेखि १० प्रतिशतसम्म घटेको छ भने केही तरकारीको भाउ निकै घटेको छ ।

१५ दिनअघि किलोको ८० देखि एक सय २० रुपैयाँसम्म रहेको सिमीको भाउ अहिले सिमीको प्रकार अनुसार २५ देखि ७० रुपैयाँँमा झरेको छ । घिरौँला ४० रुपैयाँँबाट घटेर २५ रुपैयाँँ खुद्रा मूल्यमा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

एक सय ५० देखि तीनसय रुपैयाँसम्म रहेको च्याउको मूल्य घटेर अहिले एक सयदेखि दुई सय २० रुपैयाँमा झरेको छ । यस्तै आलुको पनि मूल्य घटेको छ । अहिले कालीमाटी तरकारी बजारमा दैनिक ५ देखि ६ सय टन तरकारी भित्रिने गरेको छ ।

सामान्य समयमा दैनिक सातदेखि नौ सय टनसम्म तरकारी खपत हुने गरेको थियो । कोरोना सङ्क्रमणबाट जोगिन बिहान नौ बजेसम्म कारोबार गरिसक्नुपर्ने हुँदा खपत कमजोर भएको सूचना अधिकारी श्रेष्ठले बताए । कालीमाटीमा धादिङ, काभ्रे, मकवानपुर लगायत छिमेकी र तराईका जिल्लाबाट तरकारी भित्रिने गरेको छ ।

माग घटेर मूल्य घटे पनि बजारमा अहिलेसम्म तरकारी खेर जाने अवस्था भने नरहेको समितिले जनाएको छ । तर बर्खे तरकारीको सिजन सुरु भएकाले उत्पादन बढी हुने र खपत कम हुने हुँदा तरकारी कुहिएर जाने किसान चिन्तामा रहेको श्रेष्ठको भनाइ छ । फलफूलको भाउ भने खासै भएको छैन ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top