क्यानडामा १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाउन अनुमति

२३ बैशाख, काठमाडौं । क्यानडाले १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्ध फाइजर खोप लगाउन अनुमति दिएको छ ।

Advertisement

तीन चरणमा गरेको परीक्षणपछि क्यानडाले १२ देखि १५ वर्ष उमेर समूहका लागि फाइजर खोप लगाउन अनुमति दिएको हो । त्यहाँको स्वास्थ्य विभागले यो उमेर समूहका बालबालिकाका लागि खोप सुरक्षित र प्रभावकारी हुने दाबी गरेको बीबीसीले जनाएको छ ।

क्यानडाले आउँदो सोमवार १२ लाखभन्दा धेरै बालबालिकालाई यो खोप दिने बताएको बीबीसीले जनाएको छ । यो उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्ध खोपको अनुमति दिने क्यानडा पहिलो देश हो ।

Advertisement

यसअघि अमेरिकाले पनि फाइजरको खोप यो १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिने तयारी गरेको जनाएको थियो । तर, निर्णय हुन भने बाँकी छ ।

क्यानडामा एक करोड २० लाखभन्दा बढी कोरोना सङ्क्रमितमध्ये झण्डै २० प्रतिशत १९ वर्षमुनिका रहेका त्यहाँको सरकारले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top