नारायणी अस्पतालमा थप तीन कोरोना संक्रमितको मृत्यु

२३ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये मध्ये दुई जना रौतहटका एक जना पर्साका हुन् ।

रौतहटको विजयपुरका ४५ वर्षीय पुरुष, फत्तेपुरकी ६० वर्षीया महिला र पर्साको जगरनाथपुरका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नारायणी अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ३७ पुगेको छ । मृतकमध्ये २४ जना पर्साका, ६ जना बाराका, ५ जना रौतहटका र २ जना सर्लाहीका छन् ।

बिहीबार बिहान भर्ना भएका ४५ वर्षीय पुरुषको बिहान ८ बजे मृत्यु भएको हो । बिहानै गरिएको एन्टिजेन परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा पहिल्यैदेखि हाई ब्लड प्रेसर र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिजको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

बुधबार भर्ना भएकी ६० वर्षीया महिलाको बिहान सवा ११ बजेतिर मृत्यु भएको हो । बुधबार भर्ना भएकी उनमा कुनै दीर्घरोग थिएन ।

त्यसको आधा घण्टा नबित्दै बिहान साढे ११ बजेतिर पर्सा जगरनाथपुरका ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख १५ गते भर्ना भएका उनमा मिर्गौला, उच्च रक्तचाप, मधुमेह र हृदयरोगको समस्या थियो ।

कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगर्दा शरीरमा अक्सिजनको मात्रा कायम हुन नसकेर तीनै जनाको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top