प्रदेश २ का अस्पतालमा ४१७ अस्थायी दरबन्दी थप

२२ बैशाख ७८, बिहीबार

२३ बैशाख, जनकपुर । प्रदेश नं २ सरकारले प्रदेशभरका अस्पताल र प्रयोगशालाका लागि ४१७ अस्थायी दरबन्दी थप गरेको छ ।

प्रदेश सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको भाइरसको सङ्क्रमणसँग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि उक्त अस्थायी दरबन्दी थप गरेको हो ।

प्रदेशभरका आठै जिल्लामा दरबन्दी थपिएको र सर्लाहीमा ३२ जनाको अस्थायी दरबन्दी थप गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले सर्लाहीका लागि ३२ सहित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३, प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, गौर र कलैया अस्पतालका लागि ३२÷३२, लहान अस्पतालका लागि २३ र भारदह तथा पोखरिया अस्पतालका लागि १५÷१५ दरबन्दी थप गर्ने निर्णय गरेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री तथा कोरोना सङ्क्रमण व्यवस्थापनका लागि सर्लाहीका फोकल पर्सन रामनरेश रायले जानकारी दिए ।

कोरोना सङ्क्रमण न्यूनीकरणका लागि थप गरिएको दरबन्दीमा एनेस्थेसियोलोजिष्टदेखि स्वीपरसम्मको पद रहेको छ ।

थप गरिएका दरबन्दीमा अस्पतालले आवश्यकताका आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top