चीनद्वारा अस्ट्रेलियासँगको आर्थिक संवाद स्थगित गरेको घोषणा

२३ बैशाख ७८, शुक्रबार

२३ बैशाख, एजेन्सी । चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको छ । कोरोनाभाइरस उत्पत्तिको बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि आक्रोशीत भएको चीनले अस्ट्रेलियासंगको आर्थिक संवाद लागि स्थगित गरिएको बिहीबार घोषणा गरेको हो ।

चीनले अस्ट्रेलीया विरुद्ध दबाबमूलक नीति अपनाइरहेको समयमा बिहीबार उस्तो घोषणा गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले जारी गरेको विज्ञप्तिमा चीन–अस्ट्रेलिया रणनीतिक आर्थिक संवाद अन्तर्गत सबै कृयाकलापहरू अनिश्चितकालका लागि स्थगित गरिएको उल्लेख छ ।

कोरोना भाइरस उत्पत्तिको बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने भनेपछि दुइ मुलकबीच तनाव उत्पन्न भइरहेको छ । अस्ट्रेलियाको प्रमुख बजार रहेको चीनले अस्ट्रेलियाली सामानको आयातमा एकपछि अर्को प्रतिबन्ध पनि लगाइरहेको छ ।

बिहीबारको नयाँ घोषणाले दुबै मुलुकबीचको कुटनीतिक सम्बन्धमा थप चिसोपन ल्याउने विश्लेषण गरिएको छ । चीनले अस्ट्रेलियाली कोइला, गहुँ र अन्य सामाको आयात रोक्का गरेपछि दुबै देशबीचको सम्बन्ध निकै तल्लो स्तरमा पुगेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top