मोदीले महामारीभन्दा आलोचक दबाउन समय खर्चिरहेका छन्ः द ल्यान्सेट

२६ बैशाख ७८, आइतबार

२६ वैशाख, एजेन्सी ।
विश्व चर्चित मेडिकल जर्नल द ल्यान्सेटले कोरोना महामारी नियन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उदासीनतामाथि कटू आलोचना गरेको छ।

Advertisement

एक सम्पादकीयमा सो म्यागेजिनले यतिखेर मोदी कोरोना भाइरस नियन्त्रणभन्दा पनि ट्वीटरमार्फत आफ्ना आलोचकलाई दबाउन लागिरहेका लेखेको छ।

उनले कोरोना महामारीभन्दा आलोचकमाथि काबू पाउन समय खर्चिरहेको जर्नलले आरोप लगाएको छ।

Advertisement

जर्नलको सम्पादकीयमा लेखिएको छ, यस्तो मुस्किल समयमा पनि मोदी आफूमाथिको आलोचना दबाउन लागिपरेका छन्, उनको यस्तो कोशिश माफीको लायक नै छैन।

इन्स्टिच्युट अफ हेल्थ मेट्रिक एण्ड इभ्याल्यूएशनले आगामी अगष्ट १ तारिखसम्म भारतमा कोरोना संक्रमणपश्चात् ज्यान गुमाउनेको संख्या कम्तिमा १० लाख पुग्नसक्ने अनुमान गरिसकेको छ।

Advertisement

सुरुवाती चरणमा केही सफल भएपनि अप्रिल यता सरकारी टास्क फोर्स एकपटक पनि नजागेको सो जर्नलले लेखेको छ।
यसको नतिजा अहिले विश्वसामु रहेको र महामारीले भारतको स्थिति विकराल बनिसकेको छ, जर्नलको सम्पादकीयमा लेखिएको छ, अब भारतले नयाँ सिराबाट कदम चाल्नुपर्छ, सरकारले यसअघि गरेका गल्ती स्वीकार गर्छ या गर्दैन र देशको नेतृत्वमा पारदर्शीता देखाउँछरदेखाउँदैन भन्ने कुराले भविष्य निर्धारण गर्नेछ।

खोप अभियान पूरा नहुँदासम्म संक्रमण रोक्न हरेक जरुरी कदम उठाउन आवश्यक रहेको सो जर्नलले लेखेको छ।

चिकित्सकीय क्षेत्रको चर्चित जर्नलले मोदीको कटु आलोचना गरेपछि विपक्षीहरू उनीमाथि खनिएका छन्। केही विपक्षी नेताहरूले स्वास्थ्यमन्त्री हर्षवर्धनको राजीनामा समेत मागेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top