×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शिक्षण अस्पतालमा कोरोनाबाट नौ जनाको मृत्यु

२६ बैशाख २०७८

२६ बैशाख, मोरङ । कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ५४ वर्षीया सङ्क्रमित महिलाको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालको कोभिड सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको छ ।

Advertisement
Advertisement

मृतकलाई कोभिड पुष्टि भएपछि यही वैशाख २४ गते उपचारका लागि भर्ना गरिएको अस्पतालका इन्जार्च सुनिल देवले बताए ।

धरान उपमहमनगरपालिका –१७ बस्ने ६६ वर्षीय सङ्क्रमित पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

यसैगरी विराटनगर–१ त्रिवेणी चोक बस्ने ७६ वर्षीय सङ्क्रमित पुरुषको उपचारमा सोही अस्पतालमा आज बिहान मृत्यु भएको छ ।

यस्तै सिरहाको कल्याणपुर–४ का ३८ वर्षीया सङ्क्रमित महिलाको सोही अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । मृतकलाई यही वैशाख २५ गते उपचारका लागि भर्ना गरिएको प्रबन्धक दाहालले बताए ।

मेची नगरपालिका–६ झापाका ६० वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा शनिबार राति मृत्यु भएको छ । निजलाई उपचारका लागि यही वैशाख २३ अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै मोरङको उर्लाबारी नगरपालिका–६ की ३९ वर्षीया सङ्क्रमित महिलाको उपचारका क्रममा सोही अस्पतालमा शनिबार राति मृत्यु भएको छ ।

सप्तरीको बोदेवरसाइन नगरपालिका–१० बस्ने ३२ वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा सोही अस्पतालमा शनिबार बेलुकी मृत्यु भएको छ ।

मृतकलाई यही वैशाख २२ गते उपचारका लागि सोही अस्पतालमा भर्ना गरिएको प्रबन्धक दाहालले बताए । यस्तै धनुषाका ७७ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको छ । निजलाई यही वैशाख १७ गते उपचारका लागि भर्ना गरिएको प्रबन्धक दाहालले जानकारी दिए ।

Advertisement

सोही अस्पतालमा सप्तरीका ५३ वर्षीय एक पुरुषको उपचारका क्रममा शनिबार साँझ मृत्यु भएका छ । मृतकलाई यही वैशाख २४ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top