अर्जेन्टिनाबाट धनिया र ब्राजिलबाट चिनी आयात

९ असार ७५, आइतबार

यतिवेला रसियामा जारी विश्वकम फुटबलको चर्चा चोकचोकमा चलिरहेको छ । विभिन्न सामाजिक सञ्जाल यसैले भरिएको छ ।
युवाहरु कोहि ब्राजिलको जर्सी लगाएका हिडेका छन्  कोहि अर्जेन्टिनाको ।
हामी उनीहरुको फुटबल जर्सि लगाएर मात्र हिड्दैनौँ । ती देशबाट आएको धनियादेखि बुलडोरसमम प्रयोग गरिरहका छौँ । तिनै देशबाट आएको खाद्यान्न हाम्रो भान्सामा पाकिरहेको हुन्छ ।

Advertisement

अर्जेन्टिना, ब्राजिल, जर्मनी, स्पेन, पोर्चुगललगायत देशबाट अर्बौं रुपैयाँको खाद्यान्न नेपालमा आइरहेको छ।

भन्सार विभागको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकमा उल्लेख भए अनुसार अर्जेन्टिनाबाट ७४ हजार २९० केजी धनियाको बीउ आयात गरिएको छ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Advertisement

यसको मूल्य ३८ लाख ६३ हजार रुपैयाँ रहेको नागरिक दैनिकमा समाचार छ। यस्तै, रसियाबाट १२ करोड ४० लाख ५५ हजार रुपैयाँको २४ लाख ७९ हजार २६२ केजी धनियाको बीउ आएको छ। त्यस्तै, सोही बीय आउने देशहरुमा युक्रेन, मोल्डोभा र भारत पनि छन्।

ब्राजिलबाट चिनी, सुकेको सिमी, बोडी, मकैको बीउ, क्रुड सोयबिन तेल, बुलडोजर, मेकअपका सामान लगायत आयात भएको अभिलेख छ।

Advertisement

ब्राजिलबाट चिनी १३ लाख ५० हजार किलो आयात भएको छ। यसको मूल्य सात करोड चार लाख रुपैयाँ रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top