उइगुर समुदायका ६ सय बढी धर्मगुरुलाई चीनले बन्दी बनाएको खुलासा

३० वैशाख, एजेन्सी । चीनले उइगुर समुदायमाथि दमन गर्ने क्रममा कम्तीमा ६ सय ३० जना मुस्लिम धर्मगुरुहरुलाई बन्दी बनाएको पाइएको छ ।

उइगुर मानव अधिकार परियोजनाले संकलन गरेको तथ्याँक अनुसार २०१४ पछि शुरु भएको दमनमा चीनले ती अगुवाहरुलाई बन्दी बनाएको हो । १८ जना धर्मगुरुहरुको हिरासतमै ज्यान गएको पाइएको बीबीसीले जनाएको छ ।

पक्राउ पर्नेहरुलाई चरमपन्थी प्रचार गरेको, सामाजिक व्यवस्था भङ्ग गर्न भीड जम्मा गरेको, उक्साउने काम गरेको जस्ता आरोपहरु लागेको छ ।

सन् २०१४ पछि कम्तीमा एक हजार ४६ जना धर्मगुरुहरु पक्राउ परेकामा चर्को दबाबपछि केहीलाई रिहा गरेको छ । चीनको पश्चिमी क्षेत्रमा पर्ने शिन्जियाङका उइगर मुस्लिमहरूप्रति अपनाएको नीतिलाई लिएर चीनले विश्वभरिबाट बढ्दो आलोचना खेपिरहेको छ ।

चीनले पछिल्ला केही वर्षभित्र १० लाखभन्दा बढी उइगर मुस्लिमलाई कैद गरेको मानव अधिकारवादी समूहहरूको विश्वास छ । चिनियाँ सरकारले उनीहरूलाई पुनः शिक्षा शिविरहरूमा राख्ने गरिएको बताउने गरेको छ । उइगरहरूलाई बलपूर्वक श्रम गर्न लगाइएको र बलपूर्वक महिलाहरूको बन्ध्याकरण गर्ने गरिएको प्रमाण भेटिएको बीबीसीले जनाएको छ ।

उइगर मुस्लिमहरूमाथि दमन गरेर चीनले नरसंहार तथा मानवताविरुद्धको अपराध गरिरहेको संयुक्त राज्य अमेरिकाले आरोप लगाएको छ ।

चीनको उत्तर–पश्चिमी शिन्जियाङ क्षेत्रमा बस्ने उइगरहरूको जनसङ्ख्या झन्डै एक करोड २० लाख छ । चीनमा शिन्जियाङ क्षेत्रलाई औपचारिक रूपमा शिन्जियाङ उइगर स्वायत्त क्षेत्र भनेर चिनिन्छ ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top