एक साताका लागि हिमाल आरोहण बन्द गर्न मौसम विभागको अनुरोध

एक साताका लागि हिमाल आरोहण बन्द गर्न मौसम विभागको अनुरोध

३ जेठ, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ । विभागले हाल पूर्वीमध्ये अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते मा विकसित हुने क्रममा चक्रवातलाई कारण देखाउँदै विभागले उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न र नगराउन अनुरोध गरेको छ ।

विभागका अनुसार सो चत्रवात हाल उत्तर उत्तर–पश्चिम तिर बढ्ने क्रममा रहेको छ । नेपालमा उक्त चक्रवातको प्रत्यक्ष प्रभाव नपरेपनि केही असर नेपालका भूभागमा पनि पर्ने सम्भावना रहेको छ ।

साथै चक्रवातको प्रभावको कारण मौसम बदली हुने र हिमपात हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै कम्तीमा एक साता आरोहण रोक्न पर्यटन मन्त्रालयलाई सुझाव दिइएको विभागले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.