वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्य उपचुनावमा विवेकशील साझाले भोट नहाल्ने

६ जेठ ७८, बिहीबार

६ जेठ, काठमाडौं ।

Advertisement

विवेकशील साझा पार्टीले आज हुने वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनावमा मतदान नगर्ने भएको छ ।

विवेकशीलको वाग्मती प्रदेशमा तीन जना प्रदेशसभा सदस्य रहेका छन् ।

Advertisement

तीनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा आफूहरुले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले मतदान नगर्ने निर्णय भएको वाग्मती प्रदेशको विवेकशील साझा पार्टी संसदीय दलका नेता रमेश पौडेलले बताए ।

यस्तै उहाँले विज्ञप्तिमार्फत मतपत्रमा ‘नो भोट’ को विकल्प लागू गर्न पनि सरकार र निर्वाचन आयोगसँग माग गर्नुभएको छ । यसअघि सर्वोच्च अदालतले २०७० पुस २१ गते सरकारका नाममा मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top