×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सशस्त्र डोजो शिकारी समूहले गरेको आक्रमणमा ३२ जनाको मृत्यु

११ असार २०७५

बामाको, असार ११

मालीको मध्य क्षेत्रमा भएको एउटा घटनामा परी कम्तीमा ३२ जना आम नागरिक मारिएका छन् ।

Advertisement
Advertisement

घटनाका कारण अरु दश जना बेपत्ता भएको पनि सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । स्थानीय आदिवासी शिकारीहरूको आक्रमणमा परी उनीहरू मारिएको बताइएको छ ।

मोप्टी क्षेत्रमा पर्ने कौमाङ गाँउमा डोगोन आदिवासी समूहको सशस्त्र डोजो शिकारी समूहले आक्रमण गरेको आशंका गरिएको छ । मारिनेमा केही बालबालिका सहित पशुपालक किसानहरु पनि रहेको जनाएको छ ।

उनीहरूले चारैतिरबाट गाँउलाई घेरे, रक्तपात पूर्ण तरिकाले कम्तीमा ३२ नागरिक मारिएका छन्, स्थानीय तविताल पुलाकु एसोसिएसनका अध्यक्ष अब्दुल अजिज डिआलोले भने । उनले घटनामा परी अरु दश जना बेपत्ता भएको पनि जानकारी दिए ।

मालीको रक्षा मन्त्रालयले भने पछिल्लो आक्रमणका बारेमा अहिले सम्म केही पुष्टी गरेको छैन । पछिल्लो तीन वर्षमा मध्य माली क्षेत्रमा हिंसात्मक घटना बढ्दै गएका छन् ।

फुलानी पशुपालक र बाम्बारा र डोजोङ किसानहरूबीचमा डोजोन ल्याण्डमा झगडा हुँदै आएको छ ।
रासस

Advertisement

 

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top