×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

साढे १४ लाखलाई खोपको दोस्रो मात्रा कहिले रु

७ जेष्ठ २०७८

७ जेठ, काठमाडौँ ।

विजयकुमार बमले बिहीबार ट्वीट गरेका छन्, ‘यस्तो विषम परिस्थितिमा ज्येष्ठ नागरिकको भत्ता बढाउनुको सट्टा ज्येष्ठ नागरिकलाई दोस्रो डोज कोभिसिल्ड भ्याक्सिनको तु व्यवस्था गर सरकार, यसमा नै सबैको भलाइ छ । प्राणै नरहे त्यो जाबो पैसा के काम ।’

Advertisement
Advertisement

उनले जस्तै खोपको चासो हिमा विष्टले पनि गरेकी छन् । ‘सरकार, हाम्रा बा–आमालाई दोस्रो डोज खोप खै ? मेरो पहिलो त कता हो कता तर घरै बस्दा पनि नियम पालना गरेका घरका ठूलाको हालत देख्दा डर र त्रास कहिलेसम्म ?’ विष्टले ट्वीटरमा लेखेकी छन् ।

सरकारले फागुन तेस्रो साता ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप दिएको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको उक्त खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो ।

पहिलो डोज खोप लगाउन पाएपछि खुसी भएका वृद्धवृद्धा अहिले दोस्रो डोजको पर्खाइमा छन् । यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन ।

स्वास्थ्य सेवा विभागका अनुसार यसरी खोप कुरेर बस्ने १४ लाख ५३ हजारभन्दा बढी छन् । केही दिनअघि सांसद, संसद् सचिवालयका कर्मचारी, सांसदका स्वकीय सचिवसहित १ हजार ८ सय जनाले दोस्रो डोज खोप लगाए ।

विश्व स्वास्थ्य संगठनले गत फेब्रुअरीमा कोभिसिल्ड खोप ८ देखि १२ सातासम्मको अन्तरमा लगाए प्रभावकारी हुने भनेको थियो । जसअनुसार फागुन २३ देखिको खोप अभियानमा सहभागीले जेठ तेस्रो सातासम्म दोस्रो डोज लिइसक्नुपर्ने हुन्छ ।

Advertisement
Advertisement

यो समाचार आजको कान्तिपुर दैनिकमा छ

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top