जेठ २५ भित्र विद्यार्थीको नतिजा प्रकाशन गर्न निर्देशन

७ जेठ ७८, शुक्रबार
Share this
699shares

७ जेठ, ललितपुर । ललितपुर महानगरले पनि विद्यालयहरुलाई विद्यार्थीको आन्तरिक एवं वैकल्पिक विधिबाट मूल्यांकन गर्न निर्देशन दिएको छ ।

Advertisement

शुक्रबार शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले सूचना जारी गर्दै भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नभएकोले आन्तरिक मूल्यांकनको आधारमा गरिएको आएको नतिजा २५ गतेभित्र शिक्षा महाशाखामा पठाउन निर्देशन दिएका छन् ।

सूचनामा भनिएको छ विद्यालयले यसअघि लिएको परीक्ष, विद्यार्थी निरन्तर मूल्यांकन, आन्तरिक मूल्यांकन र अन्य बैकल्पिक विधिबाट विद्यार्थी मूल्यांकनको आधारमा र कक्षा ८ को विद्यार्थीको हकमा विद्यार्थीले प्राप्त गरेको विषयगत प्रयोगात्मक प्राप्तांक (अंकमा) समेत खुलाई तोकिएको एक्सेल सीटमा प्रविष्ट गरी जेठ २५ गतेभित्र शिक्षा महाशाखामा पठाउनुपर्ने छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top