मोडर्नाले पञ्जाब सरकारलाई कोरोनाविरुद्धको खोप नदिने

१० जेठ, काठमाडौं ।

अमेरिकी औषधि कम्पनी मोडर्नाले भारतको पञ्जाब सरकारलाई कोरोनाविरुद्धको खोप दिन अस्वीकार गरेको छ । कम्पनीले सिधै केन्द्र सरकारसँग कारोबार गर्ने भन्दै खोप दिन अस्वीकार गरेको बीबीसी हिन्दीले लेखेको छ ।

अधिकारीहरूका अनुसार पञ्जाब सरकारले खोप खरिदका लागि सबै खोप उत्पादकहरुसँग सम्पर्क गरिरहेको छ ।

‘पञ्जाबले स्पुतनिक भी, फाइजर र जोनसन एण्ड जोनसन जस्ता खोपहरूसहित विश्वव्यापी टेन्डरमार्फत् सम्भव सबै स्रोतबाट खोपहरू किन्ने सम्भावना अध्ययन गरिरहेको खबरमा उल्लेख गरिएको छ ।

खोप अभाव भएपछि पञ्जाबले पहिलो र दोस्रो चरणको खोप अभियान तीन दिनअघि स्थगित गरेको थियो । यसैबीच भारतमा गएको २४ घण्टामा चार हजार चार सय ५५ जनाको कोरोनाका कारण ज्यान गएको छ । दुई लाख २२ हजार ८ सय ३५ नयाँ सङ्क्रमित थपिएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि भारतमा कोरोनाका कारण हुने मृत्युदर कम हुन सकेको छैन ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top