×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

कङ्गोमा इबोलाका ४५ संक्रमित भेटिए

१२ असार २०७५

कङ्गो, असार १२

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको सङ्क्रमण रोकिएको छैन । दुई महिनादेखि यहाँ सङ्क्रमण शुरु भएको र सङ्क्रमितहरूको सङ्ख्या झनै बढेको बताइएको छ ।

Advertisement
Advertisement

यहाँ गत महिना ४५ जनालाई इबोलाको सङ्क्रमण देखिएको थियो । यसको नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन समेतले प्रयास थालेको बताएको थियो ।

तर त्यसमा कमी भने आएको छैन । समाचारमा जनाइएअनुसार गएको शनिबारसम्म यहाँका ६० जनामा यसको सङ्क्रमण देखिएको छ ।

सो सङ्क्रमणको आशङ्का गरिएका सबैमा यो भाइरसको पुष्टि भएको बताइएको छ । कङ्गोको स्वाथ्य मन्त्रालयले गत शनिबार अबेर राति प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ ।

देशको उत्तरपश्चिमी प्रान्त बिकोरोमा इबोलाको सङ्क्रमणको कारण केहीको मृत्यु भएको पनि पुष्टि भएको अधिकारीहरूले जनाएका थिए ।

इक्वेटेउर प्रान्तको बिकोरो शहरमा यस भाइरसको सङ्क्रमण देखिएको हो । यस प्रान्तका केही ग्रामीण वस्तीमा इबोलाका सङ्क्रमित देखिएका थिए ।

सो प्रान्तका अतिरिक्त कङ्गोमा करिब एक महिनाअघि सम्ममा यस सङ्क्रमणमा परी करिब २३ जनाले ज्यान गुमाएका थिए ।

कङ्गोमा पुनः देखिएको इबोला सङ्क्रमणप्रति विश्व स्वास्थ्य संगठनले गहिरो चिन्ता व्यक्त गरेको छ । यस सङ्क्रमणबाट खराब अवस्था आउनसक्ने भन्दै विश्व स्वस्थ्य संगठनले चिन्ता प्रकट गरेको हो ।

यस संक्रमणको नियन्त्रणका लागि विश्व स्वस्थ्य संगठनले सबैसँग सहयोगको याचना पनि गरेको छ ।

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकी देशहरूमा देखिएको इबोलाको भीषण माहामारीले ११ हजार भन्दा बढी नागरिकको मृत्यु भएको थियो ।

यसको औषधि पत्ता लागेको बताइए पनि औषधिको प्रभावकारिता भने त्यति सकारात्मक नदेखिएको स्वास्थ्य अधिकारीहरू बताउँछन् ।
रासस

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top