×

NEPAL TIMES UPDATES

Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026

टेलिफोन र रेडियोबाट स्वास्थ्य सेवा

१२ जेष्ठ २०७८

१२ जेठ, चितवन ।

कोरोना सङ्क्रमण ग्रामीण क्षेत्रसम्म फैलिएपछि चेम्बर अफ कमर्स चितवनले टेलिफोन र रेडियोबाट स्वास्थ्य सेवा शुरु गरेको छ ।

Advertisement
Advertisement

चेम्बरले १६ जना चिकित्सकको नाम र मोबाइल नम्बर सार्वजनिक गरेर सेवा शुरु गरेको हो । रेडियो कार्यक्रममार्फत पनि सेवा दिइएको छ ।

चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठका अनुसार विभिन्न विधाका १६ चिकित्सकको नम्बर सार्वजनिक गरिएको छ । फिजिसियन, प्रसूतिरोग, सर्जन, हाडजोर्नी, मनोरोग, बालरोगलगायतका विधाका चिकित्सकको नम्बर सार्वजनिक गरिएको हो ।

संस्थाले नयाँ मोबाइल नम्बर उपलब्ध गराएको हो । ती चिकित्सकको नाम सामाजिक सञ्जाल र विज्ञापन गरी ग्रामीण क्षेत्रसम्मका सर्वसाधारणलाई उपलब्ध गराइएको छ ।

श्रेष्ठका अनुसार सोमबारबाटै सेवा शुरु भएको छ । उनले भने, “चिकित्सकलाई टेलिफोन आइरहेको छ ।” कोभिड सङ्क्रमणसँगै जिल्लामा निषेधाज्ञा भएपछि सर्वसाधारण चिकित्सकसम्म पुग्न नसक्ने अवस्था आएपछि चेम्बरले यो अभियान सञ्चालन गरेको हो ।

स्वास्थ्यसम्बन्धी जुनसुकै समस्या भएपछि चिकित्सकको परामर्श लिन सकिने छ । सर्वसाधारणले आफूलाई भएको रोगका आधारमा चिकित्सकसँग परामर्श गर्न सक्नेछन् ।

सामान्य अवस्थामा अस्पताल आउन नपर्ने गरी सेवा दिन लागिएको श्रेष्ठले बताए । निषेधाज्ञा लागेपछि अस्पतालका बहिरङ्ग सेवा बन्द छन् । शहरका अस्पतालसम्म आउन सवारी साधनको अभाव छ ।

दीर्घरोगीहरुको औषधिसमेत सकिएकाले यो अभियान प्रभावकारी हुने जनाइएको छ । अधिकांश सङ्क्रमित होमआइसोलेशनमा रहेकाले पनि सेवा प्रभावकारी हुने श्रेष्ठ बताउँछन् ।

Advertisement

यसैगरी चेम्बरले भरतपुरको कालिका एफएम र सिनर्जी एफएममा चिकित्सकसहित कार्यक्रम शुरु गरेको छ । सो कार्यक्रममा बिरामी वा सङ्क्रमितले आफ्नो परिचय गोप्य राखेरै समस्या राख्न सक्नेछन् । उनका अनुसार अन्य रेडियोहरूमा पनि कार्यक्रम गर्ने तयारी गरिएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top