काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, आदेश नमान्नेलाई जेलसम्म हाल्ने

१३ जेठ ७८, शुक्रबार

१४ जेठ, काठमाडौँ ।

Advertisement

काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि थप गरिएको निषेधाज्ञा शुक्रबारदेखि लागू भएको छ । थप गरिएको निषेधाज्ञा प्रभावकारी बनाइने भएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने विरुद्ध थप कठोर हुने जनाएको छ ।

Advertisement

झण्डै एक महिनादेखि शुरु भएको निषेधाज्ञाका कारण कोभिड–१९ नियन्त्रणमा केही सफलता प्राप्त गरे पनि आशातीत उपलब्धि हुन नसकेको निष्कर्ष निकालेका प्रशासन कार्यालयले अबको हप्ता भने आदेशको कडाइका साथ कार्यान्वयन गरिने र नमान्नेलाई जेलसम्म हाल्ने गरी प्रस्तुत हुन लागेको हो ।

प्रशासन स्रोतका अनुसार उक्त निषेधाज्ञाको अवधिमा किराना पसल खोल्न नपाउने, अत्यावश्यक बाहेक हिँडडुल गर्न नपाउने, मर्निङ वाक र इभिनिङ वाकमा हिँड्न नपाइने, अनुमतिबिना सवारीसाधन चलाउन नपाइने जस्ता प्रतिबन्धात्मक व्यवस्थाहरू गरिएका छन् । यसका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालय, महानगरीय प्रहरी र ट्राफिक प्रहरीबीच सहकार्य हुने छ ।

Advertisement

हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशबमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई उल्लङ्घनको प्रकृतिअनुसार एक सयदेखि पाँच सय रुपियाँसम्म र सवारीसाधनलाई पाँच सयदेखि पाँच हजार रुपियाँ जरिवाना तिराइने छ ।

पसल खोल्नेहरुलाई भने पहिलो पटक चेतावनी दिएर बन्द गराउने र दोस्रो पटक पसल खोलेमा प्रहरी कार्यालयमा नै ल्याएर कारबाही गर्ने तयारी छ ।

यस्तै, उपत्यकाका तीन जिल्लाको जिल्ला प्रशासन कार्यालयले थप गरेको एक हप्ताको निषेधाज्ञामा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको छ ।

नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको हो । प्रशासन कार्यालयले विपन्न, असहाय र गरिब परिवारका लागि अप्ठ्यारो परेमा स्थानीय वडा कार्यालयमा वा टेलिफोन नं. १०३ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top