श्रीमती हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ

१२ असार ७५, मंगलबार
Share this
778shares

भीमदत्तनगर, असार १२

Advertisement

घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् ।

आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उनका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिए ।

Advertisement

“बिहान घरबाट धान रोप्नसँगै निस्केका रहेछन् ।” घटनास्थलबाट प्रहरी सहायक निरीक्षक ऐरले भने, “खेतमै श्रीमतीको टाउकोमा हिर्काएको देखियो ।” केशव कार्की सशस्त्र प्रहरीका जागिरे रहेको उनले बताए । हत्या अभियोगमा कार्कीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पु¥याइएको छ ।

प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार हत्या आरोपमा पक्राउ परेका कार्की सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय लमहीका सहायक हवल्दार हुन् ।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top