×

NEPAL TIMES UPDATES

Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026

हामी बाहिर र भित्र फरकफरक कुरा गर्दैनौँ ः प्रधानमन्त्री

१२ असार २०७५

काठमाडौँ, असार १२

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा यही असार ५ गतेदेखि १० गतेसम्म आफूले गरेको छदिने औपचारिक चीन भ्रमणका बारेमा जानकारी दिँदै उनले सरकारको प्रमुख कार्यसूचीका रुपमा रहेको आर्थिक समृद्धिलाई अगाडि बढाउन चीन सरकारसँग महत्वपूर्ण कुराकानी भएको जानकारी दिए ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङ, समकक्षी लि खछ्याङ, चिनियाँ जनकंग्रेसका प्रमुख तथा तिब्बत सरकारका प्रमुखसँग भेटवार्ता भएको उल्लेख गर्दै उनले राजनीतिक स्थायित्व, आर्थिक समृद्धिको दिशामा भ्रमणले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।

हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल विस्तार गर्ने विषयमा दुई पक्षबीच सहमति भएको जानकारी दिँदै उनले रेलमार्ग, सडक सञ्जालको विस्तार, प्रसारण लाइनलगायतका विषयमा महत्वपूर्ण सम्झौता भएको चर्चा गरे ।

उनले रेलमार्ग निर्माणसम्बन्धी सहमति महत्वपूर्ण रहेको उल्लेख गरे ।

चिनियाँ अनुदानमा केरुङ काठमाडौँ रेलमार्ग अगाडि बढ्ने र काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणसमेत अगाडि बढ्ने विश्वास बढेर गएको प्रधानमन्त्रीले जानकारी दिए ।

स्थल तथा हवाई सञ्जालको विस्तार गर्न, उत्तर दक्षिण सम्पर्क सञ्जाल विस्तारमा सहमति भएको उल्लेख गर्दै उनले कोशी, गण्डकी र कर्णाली आर्थिक करिडोर निर्माण गर्ने विषयमा सहमति भएको, रसुवागढी–गल्छी ४०० केभी प्रसारण लाइन निर्माण, सन् २०१९ को मे सम्म तातोपानी नाका खोल्ने, रसुवागढी सडक खण्डको विस्तार, पेट्रोलियम पदार्थको खोज तथा अनुसन्धानमा सहयोग गर्नसमेत नेपाल र चीनबीच सहमति भएको सदनलाई जानकारी दिए ।

यस्तै कृषिउपजको निर्यातका लागि अत्याधुनिक क्वारेन्टाइन स्थापना, चीनका विभिन्न शहरमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति भएको उल्लेख गर्दै उनले थप छात्रवृत्ति उपलब्ध गराउने र मानव स्रोतको विकासमा समेत चीनले सघाउने भएको छ भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिइएको जानकारी दिँदै उनले आफ्नोतर्फबाट प्रधानमन्त्री लीलाई नेपाल भ्रमणको निम्ता दिएको उल्लेख गरे ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने लक्ष्य राखेको सम्बन्धमा चीन सरकारले सो कार्यका लागि सहयोग उपलब्ध गराउने र चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने विषयमा महत्वपूर्ण कुराकानी भएको प्रधानमन्त्रीले स्पष्ट पारे ।

नेपाल र चीनबीच भएका सहमतिको कार्यान्वयनका लागि तिब्बत सरकारले सबै तरहले सहयोग गर्ने आफूलाई तिब्बत सरकारका प्रमुखले वचनबद्धता जनाएकोसमेत प्रधानमन्त्रीले सदनलाई जानकारी दिए ।

नेपाल र चीनको परराष्ट्र मन्त्रालयबीच उच्चस्तरीय संयन्त्र स्थापना र तीन अर्ब युयान सहयोग उपलब्ध गराउने सम्बन्धमा भएको विगतको सहमतिका आधारमा थप एक अर्ब युयान उपलब्ध गराउने सहमति भएको उनको भनाइ छ ।

कृषि, जलविद्युत्, सञ्चार प्रविधि तथा सडक सञ्जाल तथा भौतिक पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण सहमति भएको उल्लेख गर्दै उनले दीर्घकालीन आर्थिक सहयोगको खाका तयार भएको र दुई देशबीचको सम्बन्ध विस्तारमा समेत नयाँ आयाम खडा भएको स्पष्ट पारे ।

चीन भ्रमणअघि पनि आफूले सदनलाई जानकारी गराएको भन्दै प्रधानमन्त्रीले सोचेभन्दा बढी सफलता भ्रमणपछि प्राप्त भएको बताए ।

छिमेकी मुलुकको सहयोग सद्भाव तथा सहयोगलाई अगाडि बढाउने, पारस्परिक हितका आधारमा सम्बन्ध अगाडि बढाउने लक्ष्यमा सफलता हासिल भएको भन्दै उनले नेपालको विकास नेपाली आफैँले गर्नेतर्फ पनि आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।

प्रधानमन्त्रीले भ्रमणका क्रममा चीन सरकारले नेपाली प्रतिनिधिमण्डललाई प्रदान गरेको आतिथ्यताको समेत प्रशंसा गरे । हामी छिमेकीविरुद्ध प्रयोग हुने, एकअर्काविरुद्ध अर्को कार्ड प्रयोग गर्ने भन्नेमा नरहेको, विकासका प्रयासमा छिमेकीलाई साथै लिएर अगाडि बढ्ने र उनीहरुको प्रगतिबाट लाभ लिने, उनीहरुको जायज चिन्ता र चासो एवं संवेदनशीलतालाई हामीले बुझेको उनले स्पष्ट पारे ।

प्रधानमन्त्रीले भने, “हामी बाहिर र भित्र फरकफरक कुरा गर्दैनौँ । हामीयता ढल्किने र उता ढल्किने गर्दैनौँ । पञ्चशीलका आधारमा, पारस्परिक लाभ र हितका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्छौं । हामी शान्ति र समझदारीका पक्षमा छौँ । हामी तनावको पक्षमा होइन, शान्तिको पक्षमा छौँ ।”

हामी तीव्र विकासको पक्षमा रहेको भन्दै प्रधानमन्त्रीले छिमेकीको प्रयास र सामथ्र्यलाई साथमा लिएर अगाडि बढ्न चाहेकोले चीन भ्रमण सफल, एवं सकारात्मक तथा आपसीहित अभिवृद्धिका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।

प्रधानमन्त्रीले सरकारी तवरमा १४ र निजी तवरमा आठ वटा गरी २२ वटा विषयमा सहमति भएको जानकारी दिँदै व्यापार तथा पारबहनका विषयमा सन् २०१६ मा भएको सहमतिका आधारमा नै अगाडि बढेको र बाँकी रहेका विषयमा आगामी जुलाईमा पावरबहन प्रोटोकलमा सहमति हुने जानकारी दिए ।

नेपाल र चीनले संयुक्तरुपमा जारी गरेको संयुक्त वक्तव्यमा समेत पारबहनसम्बन्धी प्रोटोकलमा हस्ताक्षर हुने उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालको सीमाको उल्लंघन हुन नदिइने स्पष्ट पारे ।

कतिपय सीमाका विषयमा मन्त्रालयगत अध्ययन गर्न बाँकी रहेको जानकारी दिँदै उनले भारत भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनमा गएको, विराटनगरको भारतीय दूतावासको सम्पर्क कार्यालय हटिसकेको, रेलमार्ग निर्माण गर्न सर्वेक्षणका लागि टोली आएको बताए।

आफूले चीन भ्रमणका क्रममा गरेको प्रतिबद्धता केही समयभित्र कार्यान्वयनमा जाने र त्यसको परिमाणसमेत देखिने प्रधानमन्त्रीको भनाइ थियो ।
रासस

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top