NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

हामी बाहिर र भित्र फरकफरक कुरा गर्दैनौँ ः प्रधानमन्त्री

मङ्लबार असार १२ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
हामी बाहिर र भित्र फरकफरक कुरा गर्दैनौँ ः प्रधानमन्त्री
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

काठमाडौँ, असार १२

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा यही असार ५ गतेदेखि १० गतेसम्म आफूले गरेको छदिने औपचारिक चीन भ्रमणका बारेमा जानकारी दिँदै उनले सरकारको प्रमुख कार्यसूचीका रुपमा रहेको आर्थिक समृद्धिलाई अगाडि बढाउन चीन सरकारसँग महत्वपूर्ण कुराकानी भएको जानकारी दिए ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङ, समकक्षी लि खछ्याङ, चिनियाँ जनकंग्रेसका प्रमुख तथा तिब्बत सरकारका प्रमुखसँग भेटवार्ता भएको उल्लेख गर्दै उनले राजनीतिक स्थायित्व, आर्थिक समृद्धिको दिशामा भ्रमणले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।

हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल विस्तार गर्ने विषयमा दुई पक्षबीच सहमति भएको जानकारी दिँदै उनले रेलमार्ग, सडक सञ्जालको विस्तार, प्रसारण लाइनलगायतका विषयमा महत्वपूर्ण सम्झौता भएको चर्चा गरे ।

उनले रेलमार्ग निर्माणसम्बन्धी सहमति महत्वपूर्ण रहेको उल्लेख गरे ।

चिनियाँ अनुदानमा केरुङ काठमाडौँ रेलमार्ग अगाडि बढ्ने र काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणसमेत अगाडि बढ्ने विश्वास बढेर गएको प्रधानमन्त्रीले जानकारी दिए ।

स्थल तथा हवाई सञ्जालको विस्तार गर्न, उत्तर दक्षिण सम्पर्क सञ्जाल विस्तारमा सहमति भएको उल्लेख गर्दै उनले कोशी, गण्डकी र कर्णाली आर्थिक करिडोर निर्माण गर्ने विषयमा सहमति भएको, रसुवागढी–गल्छी ४०० केभी प्रसारण लाइन निर्माण, सन् २०१९ को मे सम्म तातोपानी नाका खोल्ने, रसुवागढी सडक खण्डको विस्तार, पेट्रोलियम पदार्थको खोज तथा अनुसन्धानमा सहयोग गर्नसमेत नेपाल र चीनबीच सहमति भएको सदनलाई जानकारी दिए ।

यस्तै कृषिउपजको निर्यातका लागि अत्याधुनिक क्वारेन्टाइन स्थापना, चीनका विभिन्न शहरमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति भएको उल्लेख गर्दै उनले थप छात्रवृत्ति उपलब्ध गराउने र मानव स्रोतको विकासमा समेत चीनले सघाउने भएको छ भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिइएको जानकारी दिँदै उनले आफ्नोतर्फबाट प्रधानमन्त्री लीलाई नेपाल भ्रमणको निम्ता दिएको उल्लेख गरे ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने लक्ष्य राखेको सम्बन्धमा चीन सरकारले सो कार्यका लागि सहयोग उपलब्ध गराउने र चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने विषयमा महत्वपूर्ण कुराकानी भएको प्रधानमन्त्रीले स्पष्ट पारे ।

नेपाल र चीनबीच भएका सहमतिको कार्यान्वयनका लागि तिब्बत सरकारले सबै तरहले सहयोग गर्ने आफूलाई तिब्बत सरकारका प्रमुखले वचनबद्धता जनाएकोसमेत प्रधानमन्त्रीले सदनलाई जानकारी दिए ।

नेपाल र चीनको परराष्ट्र मन्त्रालयबीच उच्चस्तरीय संयन्त्र स्थापना र तीन अर्ब युयान सहयोग उपलब्ध गराउने सम्बन्धमा भएको विगतको सहमतिका आधारमा थप एक अर्ब युयान उपलब्ध गराउने सहमति भएको उनको भनाइ छ ।

कृषि, जलविद्युत्, सञ्चार प्रविधि तथा सडक सञ्जाल तथा भौतिक पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण सहमति भएको उल्लेख गर्दै उनले दीर्घकालीन आर्थिक सहयोगको खाका तयार भएको र दुई देशबीचको सम्बन्ध विस्तारमा समेत नयाँ आयाम खडा भएको स्पष्ट पारे ।

चीन भ्रमणअघि पनि आफूले सदनलाई जानकारी गराएको भन्दै प्रधानमन्त्रीले सोचेभन्दा बढी सफलता भ्रमणपछि प्राप्त भएको बताए ।

छिमेकी मुलुकको सहयोग सद्भाव तथा सहयोगलाई अगाडि बढाउने, पारस्परिक हितका आधारमा सम्बन्ध अगाडि बढाउने लक्ष्यमा सफलता हासिल भएको भन्दै उनले नेपालको विकास नेपाली आफैँले गर्नेतर्फ पनि आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।

प्रधानमन्त्रीले भ्रमणका क्रममा चीन सरकारले नेपाली प्रतिनिधिमण्डललाई प्रदान गरेको आतिथ्यताको समेत प्रशंसा गरे । हामी छिमेकीविरुद्ध प्रयोग हुने, एकअर्काविरुद्ध अर्को कार्ड प्रयोग गर्ने भन्नेमा नरहेको, विकासका प्रयासमा छिमेकीलाई साथै लिएर अगाडि बढ्ने र उनीहरुको प्रगतिबाट लाभ लिने, उनीहरुको जायज चिन्ता र चासो एवं संवेदनशीलतालाई हामीले बुझेको उनले स्पष्ट पारे ।

प्रधानमन्त्रीले भने, “हामी बाहिर र भित्र फरकफरक कुरा गर्दैनौँ । हामीयता ढल्किने र उता ढल्किने गर्दैनौँ । पञ्चशीलका आधारमा, पारस्परिक लाभ र हितका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्छौं । हामी शान्ति र समझदारीका पक्षमा छौँ । हामी तनावको पक्षमा होइन, शान्तिको पक्षमा छौँ ।”

हामी तीव्र विकासको पक्षमा रहेको भन्दै प्रधानमन्त्रीले छिमेकीको प्रयास र सामथ्र्यलाई साथमा लिएर अगाडि बढ्न चाहेकोले चीन भ्रमण सफल, एवं सकारात्मक तथा आपसीहित अभिवृद्धिका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।

प्रधानमन्त्रीले सरकारी तवरमा १४ र निजी तवरमा आठ वटा गरी २२ वटा विषयमा सहमति भएको जानकारी दिँदै व्यापार तथा पारबहनका विषयमा सन् २०१६ मा भएको सहमतिका आधारमा नै अगाडि बढेको र बाँकी रहेका विषयमा आगामी जुलाईमा पावरबहन प्रोटोकलमा सहमति हुने जानकारी दिए ।

नेपाल र चीनले संयुक्तरुपमा जारी गरेको संयुक्त वक्तव्यमा समेत पारबहनसम्बन्धी प्रोटोकलमा हस्ताक्षर हुने उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालको सीमाको उल्लंघन हुन नदिइने स्पष्ट पारे ।

कतिपय सीमाका विषयमा मन्त्रालयगत अध्ययन गर्न बाँकी रहेको जानकारी दिँदै उनले भारत भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनमा गएको, विराटनगरको भारतीय दूतावासको सम्पर्क कार्यालय हटिसकेको, रेलमार्ग निर्माण गर्न सर्वेक्षणका लागि टोली आएको बताए।

आफूले चीन भ्रमणका क्रममा गरेको प्रतिबद्धता केही समयभित्र कार्यान्वयनमा जाने र त्यसको परिमाणसमेत देखिने प्रधानमन्त्रीको भनाइ थियो ।
रासस

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.