×

NEPAL TIMES UPDATES

Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-14-2083 || Nepal Times
Apr 27, 2026
Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026
Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026

सङ्कटमा सामाजिक सङ्घसंस्थाको सहयोग

१९ जेष्ठ २०७८

१९ जेठ, दमौली ।

कोभिड–१९ को प्रभाव तनहुँ जिल्लामा पनि परेको छ । कोभिड जोखिम न्यूनीकरणका लागि तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण सबै क्षेत्र अस्तव्यस्त छ ।

Advertisement
Advertisement

मजदूरी गरेर खाने विपन्न परिवारलाई सकस छ । गर्भवती, सुत्केरीलाई स्वास्थ्य संस्थासम्म जान समस्या छ । कोरोना कहरकै बीचमा जिल्लास्थित केही सङ्घसंस्था भने सामाजिक उत्तरदायित्व वहनमा लागेका छन् ।

तनहुँ उद्योग वाणिज्य सङ्घ, जेसीआई व्यास नगर, जेसीआई शुक्लागण्डकी, नेपाल रेडक्रस सोसाइटी तनहुँलगायतका सङ्घसंस्था आफूले सकेको सहयोग गरिरहेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित जटिल अवस्थाका बिरामीलाई अक्सिजनको आवश्यकता छ । अक्सिजनको अभावमा कतिपय सङ्क्रमितले ज्यान गुमाउन पनि परेको छ ।

अक्सिजनको महत्व कति हुन्छ भन्ने अनुभव यसको अभावमा ज्यान गुमाएको सङ्क्रमित परिवारका सदस्यले बताउने गरेका छन् ।

कोरोना सङ्क्रमित कसैले पनि अक्सिजनको अभावमा मृत्युवरण गर्न नपरोस् भन्दै शुक्लागण्डकी जेसीजले आइसोलेशनलाई अक्सिजन सहयोग गरेको छ ।

जिपी कोइाला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेशनलाई २५ वटा ठूलो सिलिन्डरमा अक्सिजन भरेर सहयोग गरेको शुक्लागण्डकी जेसीजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताए ।

संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग गरेको उनको भनाई छ । पोखरास्थित कालिगण्डकी अक्सिजन प्रालिबाट अक्सिजन भरेर ल्याइएको हो ।

कोरोनाले मुलुक सङ्कटमा फसेका बेला नियन्त्रणका लागि सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनी बताउँछन् । उनी भन्छन्, “सक्नेले आर्थिक सहयोग गरौँ ।

नसक्नेले घरमै बसेर निषेधाज्ञाको पालना गरी कोरोना नियन्त्रणका लागि सघाउ पुर्याउँ ।” यो समयमा अक्सिजनको ठूलो महत्व रहेको अस्पतालका कार्यकारी निर्देशक डा। रामकुमार श्रेष्ठले बताए । अस्पतालमा रहेको आइसोलेशनलाई सरकारसँगै सामाजिक संघसंस्थाले पनि अक्सिजन सहयोग गर्न थालेको उनले बताए ।

वैशाख तेस्रो साता अस्पतालले आइसोलेशन सञ्चालनमा ल्याउँदा ८ वटा ठूलो र २४ वटा सानो अक्सिजनको सिलिन्डर थियो । डा।श्रेष्ठका अनुसार हाल ४८ वटा ठूलो अक्सिजनका सिलिन्डर थपिएका छन् ।

दोस्रो लहरको कोरोनाको महामारी फैलिएपछि तनहुँका १० वटै स्थानीय तह मिलेर निर्माण गरिएको भवनमा अस्पतालले ३० शय्याको आइसोलेशन सञ्चालनमा ल्याइएको छ । प्रत्येक शय्यामा अक्सिजनको पाइप जडान गरिएको छ ।

जिपीको आइसोलेशनमा हाल २६ जना सङ्क्रमित उपचाररत छन् । श्वासप्रश्वासका समस्या भएर अक्सिजन दिनुपर्ने अवस्थाका सङ्क्रमितलाई मात्रै यहाँको आइसोलेशनमा राख्ने गरिन्छ ।

Advertisement

तनहुँ उद्योग वाणिज्य सङ्घले दमौली अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । कोरोना सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन सङ्घले अस्पताललाई छ थान सिलिन्डर हस्तान्तरण गरेको हो ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top