×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चितवनमा एचआईभी पोजेटिभहरुलाई घरघरमै औषधि पुर्याउने व्यवस्था

२२ जेष्ठ २०७८

२२ जेष्ठ, चितवन । चितवनमा कोभिडको उच्च जोखिममा रहेका एचआईभी पोजेटिभहरुलाई घरघरमै औषधि पुर्याउने व्यवस्था गरिएको छ ।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसन नेपाल क्षेत्रीय कार्यालय भरतपुरले एआरभी औषधि नियमित सेवन गर्ने बिरामीका लागि घरघर औषधि पुर्याउँदै आएको हो ।

Advertisement
Advertisement

यस कार्यालयमा नियमित औषधि सेवन गर्ने एक हजार छ जना रहेका छन् । जसमध्ये ४५ जना बालबालिका रहेका छन् । औषधि सेवन गर्दै आएका मध्ये ३० प्रतिशतले अस्पतालमानै आएर औषधि लैजाने गरेका छन् भने बाँकी ७० प्रतिशतलाई घरमानै पुर्याउने व्यवस्था गरिएको कार्यालयका प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए ।

उनका अनुसार अहिले भरतपुर महानगरपालिका र आसपासका पालिकाहरुबाट अस्पतालमा औषधि लिन आउने गरेको भए पनि टाढा टाढा कार्यालयले नै पुर्याउँदै आएको छ ।

यसका लागि सहभागी, चितवन सक्रिय महिला प्रतिष्ठान र लुम्बिनी प्लस नामक संस्थाले सहयोग गरेका छन् । कार्यालयका तर्फबाट कर्मचारी धिरण अधिकारीले औषधि पुर्याउँदै आउनु भएको छ ।

यस कार्यालयले चितवन, मकवानपुर, बर्दघाट–सुस्ता पूर्व नवलपरासी, बर्दघाट–सुस्ता पश्चिम नवलपरासी, गोरखा, लमजुङ, तनहुँ र धादिङका सङ्क्रमितहरुलाई घरमानै औषधि पुर्याउने गरेको छ ।

उनले भने ’निषेधाज्ञा सुरु भएदेखि अहिलेसम्म ३ सय ९० जनालाई घरमानै औषधि पुर्याएका छौँ ।’ नजिकका भए एक महिनाको लागि र टाढाका भए दुई महिनाको लागि औषधि पुर्याइँदै आइएको उनले जानकारी दिए । औषधि वितरणका लागि भरतपुर अस्पतालले सहजीकरण गरेको औषधि पुर्याउँदै आउनु भएका अधिकारी बताउँछन् ।

उनले भन्ने, ’एचआइभी एड्स सङ्क्रमितहरुलाई घरमा औषधि पुर्याउनका लागि भरतपुर अस्पतालको ठूलो सहयोग रहेको छ ।’ परिचय पत्र निर्माणदेखि स्थानीय प्रशासनसँग समन्वय गर्ने काम अस्पतालले गरिदिएको उनले बताए ।

Advertisement

कोरोना कहरका कारण अस्पतालमा आएर औषधि लिन नसक्ने एचआइभी सङ्क्रमितहरु घरमानै औषधि पाउँदा लाभान्वित भएका छन् । फाउण्डेसनमा दर्ता भएका १ हजार ५ सय ८५ जना सङ्क्रमित रहेका छन् । उनीहरुमध्ये कतिपयले अन्य केन्द्रबाट औषधि लिँदै आएका छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top