आईसीसी विश्व कप लिग–२ : नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको शृङ्खला स्पेनमा हुने

आईसीसी विश्व कप लिग–२ : नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको शृङ्खला स्पेनमा हुने

२३ जेठ, काठमाडौं ।

आईसीसी विश्व कप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको शृङ्खला स्पेनमा हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानका सचिव अशोकनाथ प्याकुरेलले शृङ्खला स्पेनमा हुने भएको र यसको मिति केही दिनमै आईसीसीले टुङ्गो लगाउने जानकारी दिए ।

‘भिसा, क्वरेण्टीन लगायत मिलाउनुपर्ने कुरा धेरै छन्, सबै कुराको टुङ्गो केही दिनभित्रै हुन्छ, हामीले पनि तयारी गरिरहेका छौँ’, प्याकुरेलले बताए ।
त्रिदेशीय प्रतियोगिता जुलाईको दोस्रो हप्तातिर हुने सम्भावना छ । स्कटल्यान्डमा हुने तालिका रहेको विश्वकप लिग–२ कोरोनाको महामारीपछि लगाइएको यात्रा प्रतिबन्धका कारण प्रभावित भएको थियो ।

लिग अन्तर्गत नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएईले नौ वटा शृङ्खला खेल्ने तालिका थियो । तर नेपालले जम्मा एउटा मात्रै श्रृङ्खला खेलेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.