विश्वकप फुटबल ः आज चार खेल हुँदै, को– को पुग्लान अघिल्लो चरण

विराटनगर ः रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज समुह ‘इ’ का दुई र समुह ‘एफ’ का दुई ओटा गरि आज चारओटा खेल हुँदैछन् ।

Advertisement

समुह ‘इ’ अन्तर्गतको खेलमा जारी विश्वकपमा उपाधिकै योजना बनाएको ब्राजिलले सर्बियासँग प्रतिस्पर्धा गर्दै छ । यद्यपि समूहगत चरणको आफ्नो पहिलो खेलमै स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिँदा प्रिक्वाटरफाइनल चरणको यात्रा नै कठिन बनेको ब्राजिलको आफ्नो दोस्रो खेलमा कोस्टारिकाविरुद्ध इन्जुरी समयमा दुई गोल गर्दै जित हात पारेपछि ब्राजिलको अघिल्लो चरण प्रवेशको सम्भावना अझै जीवित छ ।

प्रतियोगिताको अन्तिम १६ को यात्रा तय गर्न ब्राजिललाई सर्बियासँगको खेलमा केवल बारबरीको नतिजा पर्याप्त छ । ब्राजिल समूह ‘ई’ को विजेताका रूपमा प्रतियोगिताको अन्तिम १६ मा पुग्ने योजनामा छ ।समूह विजेता बन्न ब्राजिललाई सर्बियाविरुद्ध स्पष्ट जितको आवश्यकता हुनेछ ।

Advertisement

यद्यपि ब्राजिललाई पराजित गर्न सकेको अवस्थामा भने सर्बिया प्रतियोगिताको अन्तिम १६ मा पुग्नेछ । ब्राजिलसँग स्विट्जरल्यान्डले पनि पराजय व्यहोरेको अवस्थामा सर्बिया समूहको विजेताकै हैसियतमा प्रतियोगिताको अन्तिम १६ मा पुग्ने सम्भावना पनि उत्तिकै छ । नेमार, फिलिप कोउटिन्हो, मार्सेलो, फर्मिनोलगायतका प्रतिभाशाली युवा खेलाडीले भरिएको बलियो ब्राजिललाई पराजित गर्नु सर्बियाका लागि भने सहज पक्कै हुने छैन ।

फुटबलमा हालसम्म भएको तीनमध्ये कुनै पनि भेटमा सर्बियाले ब्राजिललाई पराजित गर्न सकेको छैन । ब्राजिलले तीन भेटमा एक जित र दुई बराबरीको नतिजा निकालेको छ ।आजै हुने समुह ‘इ’को अर्को खेलमा स्विट्जरल्यान्ड र कोस्टारिकाले प्रतिस्पर्धा गर्दै छन् । लगातार दुई पराजयसँगै कोस्टारिका भने यसअघि नै घर फर्कने निश्चित भइसकेको छ ।

Advertisement

समूह ‘ई’बाट पाँच पटकको विश्वकप विजेता ब्राजिल, स्विट्जरल्यान्ड र सर्बियाको मात्र प्रिक्वार्टरफाइनलमा प्रवेश गर्ने सम्भावना बाँकी छ । अन्तिम चरणको खेल बाँकी रहँदा समान चार÷चार अंकका साथ ब्राजिल पहिलो र स्विट्जरल्यान्ड दोस्रो तथा तीन अंकसहित सर्बिया तेस्रो स्थानमा छन् । आ–आफ्नो खेलमा जित वा बराबरीको नतिजाले ब्राजिल र स्विट्जरल्यान्ड क्रमश ः समूह विजेता र उपविजेताको हैसियतमा नकआउट चरणमा पु¥याउनेछ । यो नतिजामा सर्बिया प्रिक्वार्टरफाइनल चरणको होडबाट बाहिरिनेछ ।

यता समुह ‘एफ’ अन्तर्गत आज साबिक विजेता जर्मनी र दक्षिण कोरिया बीच खेल हुनेछ ।पहिलो खेलमै अप्रत्याशित हार खेपेपछि दबाबमा देखिएको जर्मनीलाई प्रिक्वार्टरफाइनल चरणको यात्रा तय गर्न अझै जितको आवश्यकता देखिएको छ । स्विडेनसँग भएको समूहगत चरणको आफ्नो दोस्रो खेलमा इन्जुरी समयको पनि अन्तिम ३० सेकेन्ड अघि टोनी क्रुजले फ्रिकिकमार्फत सनसनीपूर्ण गोल गर्दै २–१ को जित दिलाएपछि जीवितै देखिएको जर्मनीको प्रिक्वार्टरफाइनल सम्भावना सम्भव बनाउन बुधबार हुने दक्षिण कोरियासँगको खेलमा पनि जित आवश्यक देखिएको छ ।

समूह एफमा मेक्सिको सर्वाधिक ६ अंकका साथ शीर्ष स्थानमा छ भने समान तीन÷तीन अंक भएको जर्मनी र स्विडेन दोस्रो र तेस्रो स्थानमा छन् । दक्षिण कोरियाको कुनै पनि अंक छैन ।विश्वकप फुटबलमा तेस्रो पटक आमुन्ने सामुन्ने हुन लाग्दा अहिलेसम्म दक्षिण कोरियाले जर्मनीलाई बराबरीमा समेत रोक्न सकेको छैन । यसअघि भएका दुईमध्ये दुवै भिडन्तमा जर्मनी विजयी बनेको छ ।

बुधबार नै हुने समुह ‘एफ’ को अर्को खेलमा मेक्सिको र स्वीडेन भिँड्दैछन् । एकै समयमा हुने खेलमा आफूले दक्षिण कोरियालाई पराजित गर्दा र अर्को खेलमा मेक्सिकोसँग स्विडेन बराबरीमा रोकिँदा वा पराजित हुँदा जर्मनी सहजै दोस्रो चरणमा पुग्नेछ ।

दक्षिण कोरियाविरुद्ध जित हात पार्दा अर्को खेलमा स्विडेन कम गोलअन्तरमा विजयी भएको अवस्थामा समेत जर्मनीको सम्भावना रहन्छ । यद्यपि दक्षिण कोरिया विजयी र अर्को खेलमा पनि मेक्सिको पराजित भएको अवस्थामा भने जर्मनीलाई पछि पार्दै स्विडेन प्रिक्वार्टरफाइनलमा पुग्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top