विराटनगर,असार १३
मोरङको मिक्लाजुङ गाउँपालिका स्थित ग्यांग्री खोलामा गएको चैत २० गते मृत भेटिएकी शान्ति राई तामाङको हत्यामा संलग्नभएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले आजपत्रकार सम्मेलन गरी पक्राउ गरिएका मिक्लाजुङ गाउँपालिका–७का ३० वर्षीय हिकबहादुर बस्नेतलाई सार्वजनिक गरेको छ । जिल्लाप्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले अभियुक्त बस्नेतले मृत भेटिएकी तामाङलाई बलात्कारपछि ढुंगा प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुलेको बताए ।
उनले चैत १९ गते साँझ स्थानीय कमल बोहोराको घरमा राखेको चिन्ता (धामी)हेरेर फर्कने क्रममा मादकपदार्थ सेवन गरेकाअभियुक्त बस्नेतसँग भेट भएको र त्यसपछि अभियुक्तले घर पु¥याइदिन्छु भनेर राईलाई स्थानीय ग्यांग्रीखोलामा लगेर बलात्कारपछि ढुंगा प्रहार गरी हत्या गरेर फरार भएको बताए ।
उनले घटनापछि फरार रहेका बस्नेतलाई आजै मिक्लाजुङ–७ बाट पक्राउगरिएको जानकारी दिए । अभियुक्तउपर कर्तब्यज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरिएको उनले बताए।
मृतकतामाङको शव चैत २० गते स्थानिय ग्यांग्री खोलामा अनुहारमा चोटपटक लागेको र निवस्त्र अवस्थामा भेटिएको थियो । उक्त घटनालाई सांसदहरुले प्रतिनिधिसभा र प्रदेशसभामा समेत उठाएका थिए ।