एमालेको नेपाल पक्षले मत दिँदा जोगियो सुदूरपश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्रीको पद

२५ जेठ, कैलाली ।

सुदूरपश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । मङ्गलवार (आज) भएको मतदानमा उनको पक्षमा ३० र विपक्षमा नौ मत खसेको छ ।

प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखसहित २५, माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना सांसद छन् ।

मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्षका १७ जना सांसदले मत दिएका छन् । एमालेको ओली पक्षका सात र जनता समाजवादी पार्टीका दुई जना सांसदले भने विपक्षमा मत दिए ।

५२ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक थियो । प्रदेश सभामा माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका दुई जना प्रदेश सभा सदस्य छन् ।

कांग्रेसका १२ जनाले मतदानमा भाग लिएनन् । एमालेको नेपाल पक्षले मत दिएपछि कांग्रेस सांसद तटस्थ बसेका हुन् ।

आज बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

त्यस्तै कांग्रेस संसदीय दलको बैठकले आवश्यक परेमा विश्वासको मत दिने निर्णय गरेको थियो । एमालेकै सांसदले विश्वासको मत पुगेपछि कांग्रेसका सांसद मतदानमा सहभागी भएनन् ।

मुख्यमन्त्री भट्टले प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत लिनुभएको हो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top