फ्रान्सको सहज जित

फ्रान्सको सहज जित

२६ जेठ, काठमाडौँ ।

विश्वविजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । गएराति भएको खेलमा फ्रान्सले बुल्गेरियामाथि ३–० को सानदार जित हात पारेको हो ।

खेलको १९औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । ८३औं मिनेटमा सब्सिच्युट फरवार्ड ओलिभर जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे ।

खेलको अन्तिम मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३०को प्रभावशाली जित दिलाए । जिरुड फरवार्ड करिम बेन्जेमाले चोट बोकेपछि ४१औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

फ्रान्सले यो युरोपेली च्याम्पियनसिप अघिको अन्तिम तयारी खेल खेलेको हो । अब समूह ‘एफ’ मा रहेको फ्रान्सले अर्को साता जर्मनीसँग खेल्दैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.