बेलायतका १६ सांसदद्वारा नेपाललाई खोपसहित स्वास्थ्य सामग्री सहयोग गर्न आग्रह

२६ जेठ, एजेन्सी ।

बेलायतका १६ सांसदले नेपाललाई कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य सामग्री तत्काल सहयोग गर्न आफ्नो सरकारसँग आग्रह गरेका छन् ।

कोरोनाको संक्रमण नेपालमा बढीरहेको भन्दै खोपसहित स्वास्थ्य सामग्री तत्काल सहयोग गर्न उनीहरुले आग्रह गरेका हुन् । १६ सांसदको तर्फबाट क्रिस्टी ब्ल्याकमेनले विदेशमन्त्री डोमिनिक राबलाई लेखेको पत्रमा नेपालमा तत्काल कोरोनाविरुद्धको खोप, अक्सिजन जेनेरेटर्स्, कन्सन्ट्रेटर लगायत अत्यावश्यक मेडिकल सामग्रीको सहयोग गर्न भनिएको छ ।

अहिलेको स्थिति नेपालका लागि मात्र ठूलो प्रकोप नभइ विश्वका लागि नै जोखिम भएको भन्दै सांसदहरुले बेलायत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यस्तै, सांसदहरुले नेपालमा संक्रमित भएकामध्ये ९७ प्रतिशतमा भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्ट देखिएको र यो द्रुत गतिमा फैलिँदै गएको पनि बताएका छन् ।

तर, नेपालमा कमजोर स्वास्थ्य पूर्वाधार, अक्सिजनलगायतको अभाव भएकाले रोकथाम तथा उपचार प्रभावित भएको भन्दै तत्काल सहायता गर्नु पर्नेमा उनीहरुले जोड दिएका छन् ।

नेपालमा संक्रमित दर ५० प्रतिशतको आसपास रहेको, कतिपय समुदायमा ९० प्रतिशतमा पुगेको तथा कुल जनसंख्याको सात प्रतिशतले मात्रै कोरोनाविरुद्धको पहिलो डोज खोप पाएको र दुई डोज खोप लगाउनेहरूको संख्या दुई प्रतिशत मात्रै रहेको उल्लेख गरिएको छ ।

यस्तै, उनीहरुले एक हप्ता भित्रै नेपाललाई खोप आपूर्तिका लागि ताकेता दिँदै हस्ताक्षर गर्नेको संख्या १० हजार पुगेको पनि पनि बताएका छन् ।

यस्तै, सयुंक्त राष्ट्रसंघले पनि दुई हप्ता अघि नेपालमा कोरोनाको नियन्त्रणका लागि आठ करोड ३७ लाख अमेरिकी डलर आवश्यक पर्ने घोषणा गरेको बारे पनि उनीहरुले स्मरण गराएका छन् ।

नेपालका गोर्खालीहरुले बेलायतलाई धेरै सहयोग गरेको र नेपालसँग बेलायतको लामो समयदेखिको मित्रताका कारण पनि बेलायतले नेपाललाई तत्काल सहयोग उपलब्ध गराउनु पर्नेमा जोड दिइएको छ ।

नेपाल सरकारले सहयोगको माग गरे पनि किन आपत्कालीन रुपमा सहयोग हुन सकेन भनेर उनीहरुले प्रश्न पनि गरेका छन् । १६ जना सांसदले हस्ताक्षर गरेको पत्रमा भनिएको छ –अप्ठेरो अवस्थामा भारतलाई निकै सहयोग गरे पनि त्यही भाइरसको भेरियन्टका कारण समस्यामा परेको नेपाललाई किन सहयोग गरेनौँ ? नेपाललाई सहयोगको तुरुन्तै आवश्यकता छ ।’

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top