धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरकाे भूकम्पकाे धक्का महशुस

धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरकाे भूकम्पकाे धक्का महशुस

विराटनगर,असार १४
धादिङलाई केन्द्र विन्दु बनाएर बिहीबार बिहान ९ बजेर ५२ मिनेट मा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान गएको उक्त भुकम्पको धक्का २०७२ बैशाख १२ कै विनाशकारी भूकम्पको पराकम्प रहेको केन्द्रले बताएको छ ।

मंगलबार पनि धादिङ केन्द्रविन्दु रहेर ३.८ रेक्टरको भूकम्प गएको थियो । केही समय यता धादिङमा स–साना भूकम्पका धक्काहरु महसुस भइरहेको छ।

धादिङमा महसुस गरिएको भूकम्पको धक्का २०७२ बैशाख १२ गते भएको विनाशकारी भूकम्पकै पराकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ। धक्का धादिङमा मात्रै नभइ आसपासका जिल्ला तथा काठमाडौंमा समेत महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लोकविजय अधिकारीले बताए ।

बैशाख १२ को भूकम्पपछि स–साना पराकम्पहरु गई नै रहेका छन्। यसलाई अन्यथा मान्नु हुँदैन,उनले भने, बैशाख १२ यता सो क्षेत्र आसपास भूकम्पीय गतिविधि कहिले बढ्ने कहिले घट्ने भइरहेको छ। यो सामान्य गतिविधि भएका कारण सानो भूकम्प जाँदैमा ठूलो भूकम्प आउँछ भनेर भविष्यवाणी गर्न नमिल्ने र यस्तो हुँदैमा आत्तिन नहुने उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.