पाँच पूर्वप्रधानमन्त्रीको चेतावनीः देश र जनतालाई दीर्घकालीन असर पार्ने काम नहोस्

२९ जेठ ७८, शनिबार
Share this
765shares

२९ जेठ, काठमाडौँ ।

Advertisement

पाँच जना पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई देश र जनतालाई असर पार्ने प्रकृतिका काम नगर्न चेतावनी दिएका छन् ।

पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै दोस्रो पटक प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्रीले आफ्नो निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी चरित्र उदांग पारेको बताएका हुन् ।

Advertisement

‘नेपाली जनताको लामो र कठोर संघर्ष तथा आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तथा कानूनको शासनमाथि नै घात गरिएको छ। गत पुष महिनामा प्रतिनिधि सभा विघटन गर्ने उहाँको कार्य असंवैधानिक भनी सर्वोच्च अदालतले ठहर गरेको अवस्थामा पुनः दोस्रो पटक प्रतिनिधि सभा विघटन गरी प्रधानमन्त्रीले आफ्नो निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी चरित्र उदांग पार्नुभएको छ।’ विज्ञप्तिमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top